मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले आज र भोलि देशका विभिन्न स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा केही दक्षिण र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जसका कारण अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ । मधेश प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज राति देशभर मनसुन थप सक्रिय हुनेछ । मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ‘भारीदेखि धेरै भारी’ वर्षाको प्रक्षेपण गरिएको छ । २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई ‘धेरै भारी’ वर्षा मानिन्छ ।

बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचनामा अद्यावधिक रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, २४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.