विराटनगर । सप्तकोशी नदीमा पानी बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणी नजिकै सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । तीन जना बेपत्ता भएका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको ‘ओबीएम’ कम्पनीको पानीबोटको ब्रेक फेल भई दुर्घटना भएको थियो । जेटबोटमा १२ जनाले टिकट काटेका थिए । अन्यलाई चालकले चढाएका थिए ।
प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने अन्दाजी ५२ वर्षीया लीला राई, अन्दाजी ६–७ वर्षीया एक बालिका र अन्दाजी ५०–५५ वर्षका एक पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा परी अन्य तीन जना नदीमा बेपत्ता भएका छन् । झापाको कन्काई नगरपालिका–४ का ७ वर्षीय शिवक मगर, सुनसरी बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनीहरूको खोजी कार्य तीव्र पारिएको छ ।
दुर्घटनामा भोजपुर हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।
प्रहरीका अनुसार त्रिबेणीदेखि थोरै तल नदीमा बोट स्टार्ट बन्द भएको थियो । त्यसपछि स्टार्ट भएन् । नदीमा बग्दै आउने क्रममा किनारामा ठोक्किएर दुर्घटना भएको थियो । बोटमा सवार अन्य यात्रुहरू मध्ये केही आफै पौडी खेलेर निस्कीएका थिए । केहीलाई स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो ।
घटनापछि बोट चालक सुनसरी बराहक्षेत्र–१ का २४ वर्षीय सुमन मगरलाई प्रहरी चौकी बराहक्षेत्रले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीका अनुसार सप्तकोशी नदीमा यात्रु बोक्ने ति बोट दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,656)
जीवन विकासले बोलायो साधारणसभा (2,611)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,568)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,563)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,429)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,345)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,276)