मजदुरबाट सिटी सफारीको मालिक बन्यो दश परिवार (भिडियाेसहित)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– ७ का हरियाली टोलका आनन्दी कामतले लामो समय अरुको सिटी सफारी भाडामा चलाए ।

दैनिक ६ सय रुपैयाँ भाडामा सिटी कुदाउने कामतले बुधबार नयाँ रिक्सा पाएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नयाँ सिटी सफारी उपलब्ध गराएको हो । ‘१५ वर्षजति अरुको चलाए, आज आफ्नै भयो,’ सिटी सफारी पाएपछि कामतले भने,‘दुई वर्ष किस्ता तिरेपछि त आफ्नै भइहाल्छ ।’

विराटनगरका गोपाल बर्देवाले पाँच वर्ष सिटी सफारी भाडामा कुदाए, जीवन विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा नयाँ सफारी पाएपछि उनको आफ्नै सफारी कुदाउने धोको पुरा भएको छ । जीवन विकासले सहज किस्तामा सिटी रिक्सा उपलब्ध गराएपछि सजिलो भएको उनले बताए । विराटनगर– १२ का बाबु मण्डल मजदुरी गर्थे । आफ्नै काम गर्ने उनको चाहना आज पुरा भएको छ ।

आनन्दी, गोपाल र बाबुसहित जीवन विकासले बुधबार ९ जनालाई यात्रु बोक्ने र एक जनालाई मालसामान बोक्ने सफारी उपलब्ध गराएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले सफारी हस्तान्तरण गर्दै सफारी प्राप्त गर्ने परिवारको आर्थिक अवस्था विस्तारै सुधार हुने उनले बताए । ‘तपाईँहरूको आर्थिक अवस्था सुधार हुन्छ, आम्दानी बढ्यो भने बालबालिकाको पढाई र घरको अवस्था सबै सुधार हुन्छ,’ उनले भने,‘ हिजोसम्म अरुको चलाउनुहुन्थ्यो, आजबाट आफ्नो काम गर्नुहुन्छ, आफ्नो सफारीको मालिक आजदेखि बन्नुभयो ।’

जीवन विकासले गरिबी, बेरोजगारी र वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले सिटी सफारी प्रयोगले यी तीनवटै समस्याको समाधानमा सहयोग पुग्ने बताए ।

बजार क्षेत्रमा सिटी सफारी भाडामा कुदाउँदा चालकले दैनिक ६–७ सय रुपैयाँ तिर्ने गरेका छन् । जीवन विकासबाट लिएको सफारीको दुई वर्षसम्म दैनिक ४५३ रुपैयाँ किस्ता तिरे सफारी चालककै हुने जीवन विकासको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले बताए ।

उनका अनुसार सदस्यले दैनिक ७ सय रुपैयाँ जम्मा गर्नेछन् । सो रकमबाट ४५३ रुपैयाँ किस्तामा जम्मा हुनेछ । बाँकी रकम उहाँहरुकै बचतमा जम्मा हुनेछ । सिटी सफारी हस्तान्तरणका लागि गणपति पीजी सप्लायर्सले सहजीकरण गरेको थियो ।

२४ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकास अभियान अन्तरगत २ हजार ५ सय बढी परिवारलाई सिटी सफारी उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति: बुधबार, १६ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.