पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पर्यटक भिसाको दुरुपयोग गरी मोरङमा धार्मिक प्रशिक्षण तथा प्रचारप्रसारमा संलग्न २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ ।

अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै जनही ५० हजार रुपैयाँ जरिबाना तिराएर ३ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएर निष्कासन गरेकाे हाे ।

सुन्दरहरैँचा–७ स्थित ‘नेपाल न्यू कोभेनेन्ट कलेज’मा धार्मिक गोष्ठी, प्रशिक्षण र दीक्षान्त समारोह सञ्चालन गरिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

कोरियास्थित ‘लभ नेपाल मिसन’का प्रमुख डा. पार्क गुइ ह्वानसहितको उक्त टोली असोज २० र २१ गते पर्यटक भिसामा नेपाल आएको थियो ।

अनुसन्धानका क्रममा उक्त कलेज सरकारी अनुमतिबिना सञ्चालन भई धार्मिक शिक्षा तथा पास्टर उत्पादनमा सक्रिय रहेको पाइएको छ । पर्यटक भिसामा गर्न नपाइने गतिविधिमा संलग्न भएपछि अध्यागमन कानुनबमोजिम उनीहरूलाई कारबाही गरी देश निकाला गरिएको हो ।

प्रकाशित मिति: बिहिबार, २९ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.