दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । यस वर्षको दसैँको अवधिमा कोशी प्रदेशमा ४१३ स्थानमा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ३६ जना गम्भीर र ७ सय १० जना सामान्य घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा ४१३ दुर्घटना हुँदा १७ पुरुष र दुई बालिकासहित ५ महिलाको मृत्यु भएको हो । यो अघिल्लो वर्षको तुलनामा मृत्यु संख्या कम हो । २०८२ सालको दसैँको अवधिमा २९१ दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो । ५८ जना गम्भीर र ५०६ जना सामान्य घाइते भएका थिए । यो वर्ष दुर्घटना संख्या बढी छ ।

कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक विकाश थपलियाका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना मोरङमा भएको छ ।

दसैँभर मोरङमा सबैभन्दा धेरै १ सय ७० वटा दुर्घटना भए । यी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २ सय ९१ जना घाइते भएका छन् ।

मानवीय क्षतिको हिसाबले सुनसरी अगाडि छ । सुनसरीमा ८७ वटा दुर्घटना हुँदा ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ । सुनसरीमा १ सय ५६ जना घाइते भएका छन् ।

झापामा ८४ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । १ सय ३९ जना घाइते भएका छन् । उदयपुरमा ३३ वटा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ८९ जना घाइते भएका छन् ।

पहाडी जिल्लातर्फ इलाममा १० दुर्घटनामा २० जना घाइते भएका छन् । पाँचथरमा ७ दुर्घटनामा १२ जना, खोटाङमा ७ दुर्घटनामा ९ जना, ओखलढुंगामा ५ दुर्घटनामा ७ जना, संखुवासभामा ४ दुर्घटनामा ६ जना र ताप्लेजुङमा ३ दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनहरूमाथि पनि प्रहरीले कडाइ गरेको थियो । नियम मिच्ने २ हजार ४ सय ५७ वटा सवारीसाधनलाई कारबाही गरेको छ । ति सवारीबाट जरिबाना बापत २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रकाशित मिति: सोमबार, १० कार्तिक, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.