विराटनगर । सुनसरीको गढी गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा उपचारका लागि ५० प्रतिशतसम्मको छुट पाउने भएका छन्। दुवै स्थानीय तहले आफ्ना नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार रतुवामाई नगरपालिका र गढी गाउँपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, स्थानीय तहका शिक्षक, कर्मचारी र उनीहरुकाे परिवारका सदस्यहरूले अस्पतालमा उपलब्ध सेवाहरूमा १० देखि ५० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।
असोज २७ गते रतुवामाई नगरपालिकाका तर्फबाट नगर प्रमुख नागेश्वरप्रसाद सिंह र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनका तर्फबाट प्रशासन प्रमुख अनिताकुमारी गच्छदारले समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे । असोज २६ गते गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी र अस्पताल प्रशासन प्रमुख गच्छदारबीच सोही प्रकृतिको सम्झौता भएको थियो । दुवै स्थानीय तहसँग भएको यो सम्झौता प्रारम्भिक रूपमा एक वर्षका लागि लागू हुनेछ भने आपसी सहमतिमा यसको अवधि नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि अन्य स्थानीय तहमा पनि उपचार सेवामा सहजीकरण गर्ने सम्झाैता भएकाे थियाे ।
सम्झौताअनुसार अस्पतालमा उपलब्ध हुने बहिरंग सेवा (ओपीडी), आकस्मिक सेवा (इमर्जेन्सी),बेड शुल्क, प्रयोगशाला (ल्याब), रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया (अपरेसन), दन्त सेवा, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआईलगायतका सेवाहरूमा छुट पाउनेछन् ।
मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी तथा ट्रमा केयर, आईसीयू, एनआईसीयू, एचडीसीयू, सीसीयू लगायतका अत्याधुनिक स्वास्थ्य सेवा सञ्चालनमा छन् । अस्पतालले अत्याधुनिक मोड्युलर अपरेसन थिएटरमार्फत विभिन्न प्रकारका जटिल शल्यक्रिया तथा विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,658)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,572)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,429)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,347)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,276)