अररियामा जीवन विकासको स्वास्थ्य शिविर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनले भारतको बिहार राज्यस्थित अररिया जिल्लाको लैलोखर पञ्चायतमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

अररियाको लैलोखर पंचायतको सहयोगमा आयोजना गरिएको शिविरमा ५०० बढी सर्वसाधरणले स्वास्थ्य उपचारको लाभ लिएका थिए ।

सीमावर्ती क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित शिविरमा विभिन्न विशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गरेका थिए ।

शिविरमा फिजिसियन, न्युरो तथा स्नायु रोग, आँखा जाँच, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग, बालरोग , मुख तथा दाँत रोग सम्बन्धी विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो ।

उपचारका साथै बिरामीहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै इसिजि तथा भिडियो एक्स–रे सेवा पनि निःशुल्क प्रदान गरिएको थियो ।

शिविरमा सहभागी सेवाग्राहीको निःशुल्क ब्लडप्रेसर र सुगर जाँच पनि गरिनुका साथै आवश्यक स्वास्थ्य परामर्श र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

आँखा जाँचका क्रममा फेला परेका मोतियाबिन्दु भएका बिरामीहरूलाई थप उपचारका लागि अस्पतालमा विशेष सहुलियत दरमा उपचारको व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

घरअगाडि नै विशेषज्ञ चिकित्सक र अत्याधुनिक मेसिनबाट स्वास्थ्य जाँच गराउन पाउँदा लैलोखर पंचायतका बासिन्दाहरूले खुसी व्यक्त गरेका  थिए ।

प्रकाशित मिति: आइतबार, १३ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.