अररियामा जीवन विकासको स्वास्थ्य शिविर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनले भारतको बिहार राज्यस्थित अररिया जिल्लाको लैलोखर पञ्चायतमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

अररियाको लैलोखर पंचायतको सहयोगमा आयोजना गरिएको शिविरमा ५०० बढी सर्वसाधरणले स्वास्थ्य उपचारको लाभ लिएका थिए ।

सीमावर्ती क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित शिविरमा विभिन्न विशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गरेका थिए ।

शिविरमा फिजिसियन, न्युरो तथा स्नायु रोग, आँखा जाँच, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग, बालरोग , मुख तथा दाँत रोग सम्बन्धी विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो ।

उपचारका साथै बिरामीहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै इसिजि तथा भिडियो एक्स–रे सेवा पनि निःशुल्क प्रदान गरिएको थियो ।

शिविरमा सहभागी सेवाग्राहीको निःशुल्क ब्लडप्रेसर र सुगर जाँच पनि गरिनुका साथै आवश्यक स्वास्थ्य परामर्श र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

आँखा जाँचका क्रममा फेला परेका मोतियाबिन्दु भएका बिरामीहरूलाई थप उपचारका लागि अस्पतालमा विशेष सहुलियत दरमा उपचारको व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

घरअगाडि नै विशेषज्ञ चिकित्सक र अत्याधुनिक मेसिनबाट स्वास्थ्य जाँच गराउन पाउँदा लैलोखर पंचायतका बासिन्दाहरूले खुसी व्यक्त गरेका  थिए ।

प्रकाशित मिति: आइतबार, १३ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.