विराटनगर । प्रजातान्त्रिक आन्दोलनको उर्वर भूमि मोरङमा नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि चुनावी सरगर्मी सुरु भएकाे छ । मंसिर अन्तिम साता कांग्रेसकाे जिल्ला अधिवेशन गर्ने तयारी छ । अधिवेशनको मिती नजिकिँदै गर्दा बौद्धिक छवि बनाएका युवा नेता सूयर्माराज राईले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कोशी प्रदेशसभाका पूर्वप्रमुख सचेतकसमेत रहेका राईले सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सुरु गरेको ‘वैचारिक रूपान्तरण र पुस्तान्तरण’को एजेण्डासहित जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
कांग्रेसको उर्भर भूमि मोरङ सभापतिमा वर्तमान जिल्ला उपसभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, ललित श्रेष्ठ, संविधानसभा सदस्य दीलिप गच्छदार र यदु विष्ट पनि उम्मेदवारी दिने तयारीमा छन् । यद्धपि उनीहरुले औपचारिक घोषणा गरेका छैनन् ।
नेविसंघ हुँदै पार्टी राजनीतिमा आएका राईले उम्मेदवारी घोषणा गरेका हुन् । ‘राजनीति सत्ताकै लागि गरिन्छ, तर विचार र सिद्धान्तविहीन सत्ता राजनीतिले पार्टी संगठनलाई भित्रभित्रै खोक्रो बनाउँछ,’ राई भन्छन्,‘कांग्रेसलाई अब ‘प्रिन्सिपल र पावर’सँगै जोडेर लैजानुपर्ने बेला आएको छ । लामो समय अवसर पाएकाहरूलाई सम्मान गर्दै नयाँ सोच र योगदान भएका साथीहरूलाई नेतृत्वमा ल्याउन ‘कोर्स करेक्सन’ अनिवार्य छ ।’
कानेपोखरी–५ स्थायी ठेगाना भएका राई नेपाली साहित्य र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । चार वर्ष प्राध्यापनसमेत गरेका उनी २०७४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । कोशी प्रदेशसभामा सचेतक र प्रमुख सचेतकको जिम्मेवारीमा समेत काम गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,572)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,430)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,278)