तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म ३५ करोड ५६ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ ।

लघुवित्तले सार्वजनिक गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षकाे तेस्राे त्रैमाससम्म ३५ करोड ५६ लाख ८८ हजार ४६९ रुपैयाँ नाफा आर्जन गरेकाे हाे । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ६५ लाख २९ हजार ९७० रुपैयाँ  नाफा आर्जन गरेकाे थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले कम्पनीको खुद नाफा वृद्धिमा भएको हो । लघुवित्तले सो अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ४७ करोड ४४ लाख ३२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब १५ करोड रुपैयाँ थियो ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २३३ दशमलव ९२ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० दशमलव ८७ र मूल्य आम्दानी अनुपात ४२‍‍,६८ रहेकाे छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

 

प्रकाशित मिति: आइतबार, २८ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.