तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म ३५ करोड ५६ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ ।

लघुवित्तले सार्वजनिक गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षकाे तेस्राे त्रैमाससम्म ३५ करोड ५६ लाख ८८ हजार ४६९ रुपैयाँ नाफा आर्जन गरेकाे हाे । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ६५ लाख २९ हजार ९७० रुपैयाँ  नाफा आर्जन गरेकाे थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले कम्पनीको खुद नाफा वृद्धिमा भएको हो । लघुवित्तले सो अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ४७ करोड ४४ लाख ३२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब १५ करोड रुपैयाँ थियो ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २३३ दशमलव ९२ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० दशमलव ८७ र मूल्य आम्दानी अनुपात ४२‍‍,६८ रहेकाे छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

 

प्रकाशित मिति: आइतबार, २८ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.