काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएपछि प्रदेशका प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् । विधेयक पारित भएको असोज २४ गतेलाई भाषिक अधिकार र समावेशिताका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भन्दै पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विधेयकले नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै दलहरूले भाषा सञ्चारको माध्यम मात्र नभई समुदायको इतिहास, संस्कृति, सभ्यता, पहिचान र आत्मसम्मानसँग जोडिएको बताएका छन् । उनीहरूका अनुसार विधेयकले भाषिक विविधताको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउनुका साथै राज्यका निकायमा नागरिकको पहुँच सहज बनाउन मद्दत गर्नेछ ।

तर, विधेयक पारित हुनु उपलब्धिको सुरुवात मात्रै भएको भन्दै दलहरूले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । नागरिकले आफ्नै मातृभाषामा सार्वजनिक सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन आवश्यक कानुनी व्यवस्था, बजेट, जनशक्ति, भाषिक स्रोतसाधन र संस्थागत संरचना तयार गर्न प्रदेश सरकारसँग उनीहरूले आग्रह गरेका छन् ।

भाषिक विविधताको सम्मान र प्रवर्द्धनमार्फत समावेशी, न्यायपूर्ण तथा ‘स्वच्छ, सुखी र समुन्नत’ कोशी प्रदेश निर्माण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन् । विज्ञप्तिमा यस कार्यमा योगदान पुर्‍याउने प्रदेशसभा सदस्य, प्रदेश सरकार, भाषा आयोग, भाषिक अभियन्ता, विज्ञ, संघसंस्था तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै प्रदेशवासीलाई बधाई दिइएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक हर्कबहादुर नेम्वाङ ‘मिक्सो’, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष रामकुमार थापा र जनता समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष दीपक याक्खाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: बुधबार, २८ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.