काठमाडौं । भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार थिए । मृतकमा अधिकांश बालबालिका रहेको बताइएको छ ।
डुंगामा सवार व्यक्तिहरू भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान चलाएका थिए । दुर्घटनाको कारण भने खुलिसकेको छैन ।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,658)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,572)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,429)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,347)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,276)