पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । यसअघि अघोषित रुपमा दुई देशबीच गोलाबारी भइरहेको थियो । पाकिस्तानी सेनाको जनसम्पर्क विभागले भारतविरुद्ध प्रतिआक्रमण सुरु गरेको बताएकाे हाे ।

प्रतिआक्रमण घोषणअघि पाकिस्तानले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाएको थियो ।

पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ । यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो ।

पाकिस्तानको यो घोषणा लगत्तै भारत प्रशासित कश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको बताइएको छ । त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ ।

प्रत्याक्रमणको घोषणासँगै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, २७ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.