आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ काे रुपमा मनाउने भएकाे छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसर पारेर आज सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्दैछ ।

सरकारले आगामी पर्यटन वर्ष २०८२ लाई ‘डिलाइटफुल कोशी’ अर्थात ‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउने बताएको छ । ‘८२ का लागि ८२’ पर्यटकीय गन्तब्यको सूची पनि सार्वजनिक गर्नेछ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत उच्च प्राथमिकतामा  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ राखेका थिए ।

मुख्यमन्त्री कार्कीले शुक्रबार विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर रहेको बताए ।

उनले नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेशको सम्भावना उच्च रहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, ११ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.