आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ काे रुपमा मनाउने भएकाे छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसर पारेर आज सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्दैछ ।

सरकारले आगामी पर्यटन वर्ष २०८२ लाई ‘डिलाइटफुल कोशी’ अर्थात ‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउने बताएको छ । ‘८२ का लागि ८२’ पर्यटकीय गन्तब्यको सूची पनि सार्वजनिक गर्नेछ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत उच्च प्राथमिकतामा  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ राखेका थिए ।

मुख्यमन्त्री कार्कीले शुक्रबार विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर रहेको बताए ।

उनले नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेशको सम्भावना उच्च रहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, ११ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.