धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङमा कुटपिटबाट घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका धनपालथान गाउँपालिका–२ पैटाका ५८ वर्षीय बलदेव साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ११ः२० बजे बारीमा टाटी लगाउने विषयमा बलदेव र ३० वर्षीय रविन साहबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विवादका क्रममा रविनले बलदेवलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते बलदेवको शरीरमा बाहिरी चोट नदेखिए पनि उनी बेहोस भएका थिए । बेहाेस भएका उनलाई उपचारका लागि जीवन विकास अस्पतालमा भर्ना  गरिएकाे थियो । सुरुमा उनको अवस्था मध्यम रहे पनि दिउँसो अवस्था गम्भीर बन्दै गएको थियो । थप उपचार सम्भव नहुने चिकित्सकको सल्लाहपछि आफन्तले उनलाई घरतर्फ लिएर गएका थिए । घर लैजाने क्रममा साँझ ५ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न रविनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखेको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: बिहिबार, २९ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.