जीवन विकासले बोलायो साधारणसभा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । नेपालका २४ जिल्लामा १६० शाखा कार्यालय मार्फत घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले पुस २८ गते छैटौँ वार्षिक साधारण सभा बोलाएको  हो ।

साधारणसभा मोरङको कटहरी गाउँपालिका– २ स्थित संस्थाको केन्द्रीय कार्यालयमा हुनेछ ।

बिहान साढे १० बजे सुरु  हुने साधारणसभामा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०८०–८१ को वासलात र नगद प्रवाहका विषयमा पनि छलफल हुनेछ ।

१ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९ सय चुक्ता पूँजी रहेको जीवन विकासले गत आर्थिक वर्षको मुनाफाबाट १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ बराबरको १४ प्रतिशत बोनस शेयर वितरण गर्दैछ । बोनस वितरण पश्चात जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ हुनेछ ।

साधारणसभामा ४ जना सञ्चालक छनाेटका लागि निर्वाचन पनि हुनेछ । चार जना सदस्य संस्थापक समूहको तर्फबाट निर्वाचित हुनेछन् ।

साधारणसभामा अन्य लघुवित्त संस्थासँग मर्जर अथवा वा प्राप्ति सम्बन्धि कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ । प्रस्ताव पास भएपछि मर्जर तथा प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

साधारणसभाको प्रयोजनका लागि लघुवित्तले पुस १६ गते बुक क्लोजको मिति तोकेको छ । पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्त वित्तीय संस्थामा ३ लाख ४० हजार ७९६ सक्रिय सदस्य छन् ।

लघुवित्तले १ लाख ९८ हजार ५७० सदस्यलाई २७ अर्ब ३ कराेड ऋण लगानी गरेको छ । सदस्यहरूले १० अर्ब ८२ करोड बचत गरेका छन् । २४ जिल्ला कार्यक्षेत्र रहेको जीवन विकासमा ९८४ कर्मचारी छन् ।

प्रकाशित मिति: आइतबार, ०७ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.