बिल माग्ने उपभोक्तालाई सरकारको उपहार, महिनामा १० लाख जित्ने मौका

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न सरकारले आकर्षक नगद उपहार योजना ल्याएको छ । अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै उपभोक्ताका लागि दैनिक र पाक्षिक रूपमा लाखौँ रुपैयाँ जित्ने अवसर प्रदान गरेको हो ।

नयाँ व्यवस्थाअनुसार बिल लिने उपभोक्तामध्येबाट गोलाप्रथाद्वारा हरेक दिन एक जनाले १ लाख ३३ हजार ३४ रुपैयाँ नगद उपहार पाउनेछन् । त्यस्तै, महिनामा दुई पटक ‘बम्पर उपहार’ प्रदान गरिनेछ, जसमा दुई जना भाग्यशाली विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

१०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने नेपाली उपभोक्ता यस योजनामा सहभागी हुन सक्नेछन् । डिजिटल माध्यम (फोनपे, कनेक्ट आइपिएस, कार्ड आदि) बाट भुक्तानी गर्दा प्रणालीले स्वतः उपहार टिकट जारी गर्नेछ ।

नगदमा सामान किनेर बिल लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको मोबाइल एप वा वेब पोर्टलमा गई बिलको विवरण (प्यान नम्बर, बिल नम्बर, रकम आदि) दर्ता गराउनुपर्नेछ ।

व्यापारिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी वा सार्वजनिक संस्थाका बिल, बिजुली, टेलिफोन, इन्टरनेट, हवाई टिकट र सवारी ढुवानीका बिलहरू यो योजनामा समावेश हुने छैनन् । साथै, प्यान नम्बर नभएका पसलबाट लिएको बिल पनि मान्य हुने छैन ।

विजेताको छनोट विभागको प्रणालीबाट स्वचालित रूपमा हुनेछ । विजेताले घोषणा भएको १५ दिनभित्र आफ्नो नागरिकता, बैंक खाता र सक्कल बिलसहित राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ । उपहार रकममा आयकर ऐनअनुसार २५ प्रतिशत कर कट्टी गरिनेछ । १५ दिनभित्र दाबी नगरेमा उक्त रकम दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति: मङ्गलबार, ०५ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.