विराटनगर । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म पर्ने देखिएकाे छ । तराई र पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना देखिएपछि सरकारले तीन दिनसम्म यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम प्रतिकूल हुने सम्भावनालाई मध्यनजर गर्दै बिहीबारदेखि शनिबारसम्म सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि नेपालमा चक्रवातको असर सुरु भई शुक्रबार र शनिबार यसको प्रभाव देशभर फैलिनेछ । यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली र पहाडी भूभागमा भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ ।
जोखिमलाई दृष्टिगत गर्दै अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गतेका लागि पदयात्रामा जान पूर्ण रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्यटक, पदयात्री तथा सर्वसाधारणलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र अत्यावश्यक कामबाहेक सडक तथा हवाई यात्रा नगर्न अनुरोध गरेको छ । यसअघि नै पदयात्रामा निस्किसकेकाहरूलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमै रहन भनिएको छ ।
प्राधिकरणले नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । मौसमसम्बन्धी जानकारीका लागि हटलाइन ११५५ तथा कुनै पनि आपत्कालीन उद्धारका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी (१११४), पर्यटक प्रहरी (११४४) वा आपत्कालीन कार्यसञ्चालन केन्द्र (१२३४) मा सम्पर्क गर्न सकिनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)