कोशी प्रदेशको बजेट खर्च २६ अर्ब २५ कराेड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२– ८३ मा कुल २६ अर्ब २५ करोड रुपैयाँ बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, विराटनगरले सार्वजनिक गरेको आर्थिक वर्षको प्रारम्भिक विवरण अनुसार २६ अर्ब २५ करोड ५१ लाख ४७ हजार ९४१ रुपैयाँ खर्च गरेको हो । यो कुल बजेटको ७२ प्रतिशत हो ।

प्रदेश सरकारले गत साउनमा चालु आर्थिक वर्षका लागि कुल ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, स्रोत व्यवस्थापनमा देखिएको चुनौती र खर्चको सुस्तताका कारण मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर ३२ अर्ब ४५ करोडमा झारिएको थियो । संशोधित बजेटको तुलनामा पनि सरकारले पूर्ण खर्च गर्न सकेन् ।

लेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगत तर्फ १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । चालु खर्चतर्फ १३ अर्ब ८२ करोड १२ लाख रुपैयाँ खर्च भएको छ ।

मन्त्रालयगत खर्चको विवरण हेर्दा सबैभन्दा ठूलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ अर्ब ४५ करोड ३३ लाख, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ९ करोड ८७ लाख, स्वास्थ्य मन्त्रालयले २ अर्ब ५० करोड, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब १२ करोड ४३ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयले १ अर्ब ८९ करोड, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १ अर्ब १९ करोड ७९ लाख, सामाजिक विकास मन्त्रालयले ८९ करोड ९६ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६४ करोड ६७ लाख खर्च गरेको छ ।

प्रकाशित मिति: सोमबार, २९ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.