२०० र ५०० दरका भारतीय नोट प्रयोग खुला

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट प्रयोग खुला गरेकाे छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग पनि खुला गरेको हो ।

सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका ५ सयसम्मका भारु नेपाल ल्याउन वा भारत लैजान सकिने व्यवस्था भएको हाे ।  नेपाली बजारमा ५ सय सम्मका भारुको कारोबार गर्न सकिने र ती दरका नोट बैंकहरूले पनि सहज सटही लिने व्यवस्था केन्द्रीय बैंकले गरिदिएको हो ।

बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको निर्णय कार्यान्वयन गर्नेगरी भारुको प्रयोग खुलाएको हो । तर, २०१६ नोभेम्बरअघि निष्कासन भएका ५ सय तथा १ हजारका नोट भने प्रयोगमा ल्याउन पाइने छैन ।

अहिले प्रचलनमा रहेको २ हजारको नोट ओसारपसार गर्न वा साथमा राख्न पनि नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, ०८ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.