२०० र ५०० दरका भारतीय नोट प्रयोग खुला

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट प्रयोग खुला गरेकाे छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग पनि खुला गरेको हो ।

सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका ५ सयसम्मका भारु नेपाल ल्याउन वा भारत लैजान सकिने व्यवस्था भएको हाे ।  नेपाली बजारमा ५ सय सम्मका भारुको कारोबार गर्न सकिने र ती दरका नोट बैंकहरूले पनि सहज सटही लिने व्यवस्था केन्द्रीय बैंकले गरिदिएको हो ।

बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको निर्णय कार्यान्वयन गर्नेगरी भारुको प्रयोग खुलाएको हो । तर, २०१६ नोभेम्बरअघि निष्कासन भएका ५ सय तथा १ हजारका नोट भने प्रयोगमा ल्याउन पाइने छैन ।

अहिले प्रचलनमा रहेको २ हजारको नोट ओसारपसार गर्न वा साथमा राख्न पनि नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, ०८ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.