प्लस टु गरेका विद्यार्थीले जनरल नर्सिङ पढ्न पाउने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जुनसुकै विषयमा प्लस टु अध्ययन गरेका विद्यार्थीले जनरल नर्सिङ विषय पढ्न पाउने भएका छन् । यसअघि विज्ञानमा १२ कक्षा पास भएपछि मात्र स्नातक तहमा नर्सिङ (बिएस्सी नर्सिङ) विषय अध्ययन गर्न पाउँथे । प्रधानमन्त्री तथा चिकित्सा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले जुनसुकै विषयमा प्लस टु गरेका विद्यार्थीले जनरल नर्सिङ विषय पढ्न पाउने निर्णय गरेको हो ।

चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार नेपालमा पहिलो पटक जनरल नर्सिङ विषयमा अध्ययन हुन लागेको हो । ‘१२ कक्षासम्म जुनसुकै विषयमा अध्ययन गरेको भए पनि जनरल नर्सिङ अध्ययन गर्न पाउने छन्,” डा.झाले भने, “यसअघि अध्ययन हुँदै आएका विषय पनि यथावत् सञ्चालन हुने छन् ।”

आयोगको १७ औं बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थप गर्ने निर्णय पनि गरेको छ । आयोगको निर्णयसँगै चिकित्साशास्त्र स्नातकोत्तर तह (पिजी) मा थप २०९ जना विद्यार्थीले निःशुल्क एमडीएमएस गर्न पाउने छन् ।

बैठकमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा पनि छलफल भएको थियाे ।

प्रकाशित मिति: बिहिबार, ०१ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.