जीवन विकास सामुदायिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु, सहुलियत दरमा अत्याधुनिक उपचार पाइने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा  रहेकाे जीवन विकास सामुदायिक अस्पतालले आफ्नो सेवा विस्तार गर्दै अत्याधुनिक मेसिनबाट’सिटी स्क्यान’ सेवा सुरु गरेको छ । नागरिकलाई सहज, सुलभ र सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले अस्पतालले बुधबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।

जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनले अत्याधुनिक मेसिनमार्फत सिटी स्क्यान सेवा सुरु गरेसँगै यस क्षेत्रका बिरामीहरूलाई अन्यत्र धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । सिटी स्क्यान सेवा सुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

अस्पतालले स्थापनाकालदेखि नै विशेषज्ञ चिकित्सकहरू मार्फत भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएकाे छ । नयाँ थपिएको सिटी स्क्यान सेवासँगै अब जटिल रोगहरूको पहिचान र उपचारमा थप सहजता हुने अस्पताल प्रशासनले जनाएको छ । जीवन विकास सामुदायिक अस्पतालले चौबिसै घण्टा आकस्मिक सेवा, दैनिक विशेषज्ञ चिकित्सकहरूबाट ओपिडी, नर्मल तथा आधुनिक ‘पेनलेस’ (दुखाइरहित) डेलिभरी सेवा, जेनेरल तथा दुरबिन प्रविधिबाट सबै किसिमका शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग उपचार, बालरोग विशेषज्ञ सेवालगायत सेवा प्रदान गर्दै आएकाे छ ।

अत्याधुनिक उपकरण र दक्ष जनशक्तिबाट  सुलभ दरमा स्तरीय उपचार दिने लक्ष्य राखेको अस्पतालले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, २२ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.