जीवन विकास सामुदायिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु, सहुलियत दरमा अत्याधुनिक उपचार पाइने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा  रहेकाे जीवन विकास सामुदायिक अस्पतालले आफ्नो सेवा विस्तार गर्दै अत्याधुनिक मेसिनबाट’सिटी स्क्यान’ सेवा सुरु गरेको छ । नागरिकलाई सहज, सुलभ र सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले अस्पतालले बुधबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।

जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनले अत्याधुनिक मेसिनमार्फत सिटी स्क्यान सेवा सुरु गरेसँगै यस क्षेत्रका बिरामीहरूलाई अन्यत्र धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । सिटी स्क्यान सेवा सुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

अस्पतालले स्थापनाकालदेखि नै विशेषज्ञ चिकित्सकहरू मार्फत भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएकाे छ । नयाँ थपिएको सिटी स्क्यान सेवासँगै अब जटिल रोगहरूको पहिचान र उपचारमा थप सहजता हुने अस्पताल प्रशासनले जनाएको छ । जीवन विकास सामुदायिक अस्पतालले चौबिसै घण्टा आकस्मिक सेवा, दैनिक विशेषज्ञ चिकित्सकहरूबाट ओपिडी, नर्मल तथा आधुनिक ‘पेनलेस’ (दुखाइरहित) डेलिभरी सेवा, जेनेरल तथा दुरबिन प्रविधिबाट सबै किसिमका शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग उपचार, बालरोग विशेषज्ञ सेवालगायत सेवा प्रदान गर्दै आएकाे छ ।

अत्याधुनिक उपकरण र दक्ष जनशक्तिबाट  सुलभ दरमा स्तरीय उपचार दिने लक्ष्य राखेको अस्पतालले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, २२ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.