विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा रहेकाे जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले आफ्नो स्वास्थ्य सेवामा महत्त्वपूर्ण फड्को मारेको छ ।
‘सबैका लागि गुणस्तरीय, प्रविधियुक्त र किफायती स्वास्थ्य सेवा’ भन्ने मूल संकल्पका साथ स्वास्थ्य सेवा प्रवाह गरिरहेकाे अस्पतालले अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको हो ।
अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा विश्व प्रसिद्ध कम्पनीका अत्याधुनिक उपकरणहरू जडान गरी डायग्नोस्टिक इमेजिङ (रोग पहिचान) सेवालाई नयाँ उचाइमा पुर्याएको हाे ।
फाउन्डेसनका अध्यक्ष तथा पूर्वसांसाद योगेन्द्र मण्डलले स्वास्थ्य क्षेत्रमा ‘ऐतिहासिक’ फड्काे मारेकाे बताए । अस्पतालको नयाँ सेवाले आम नागरिकलाई सहजता हुने उनले बताए । ‘हामी नाफा कमाउने उद्देश्यले नभई विशुद्ध सेवाको भावनाले सञ्चालित छौँ,’ उनले भने,’यो अस्पताल ‘मुनाफा वितरण नगर्ने’ संस्था भएकाले हामीले न्यूनतम शुल्कमा उच्चस्तरीय प्रविधि उपलब्ध गराएका हौँ ।’
अध्यक्ष मण्डलका अनुसार, बाहिर निजी क्लिनिक वा अस्पतालहरूमा महँगो शुल्क तिरेर एमआरआई र सिटी स्क्यान गराउनुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै जीवन विकासले विशेष सहुलियत दरमा सेवाहरू प्रदान गर्ने छ । यसबाट न्यून आय भएका सर्वसाधारणहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।
अस्पतालले हाल आकस्मिक तथा ट्रमा केयर, बहिरङ सेवा, मेडिसिन, सर्जरी, प्रसूति, ग्यास्ट्रोलोजिस्ट, दन्त रोग लगायतका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ । थपिएको नयाँ प्रविधिले आकस्मिक दुर्घटना र जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूको तत्काल उपचार र सही रोग पहिचानमा ठुलो सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।
समुदायको स्वास्थ्यप्रति समर्पित रहँदै आएको जीवन विकास सामुदायिक अस्पतालले प्रविधि र मानवीय सेवालाई सँगसँगै अघि बढाएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,780)
जीवन विकासले बोलायो साधारणसभा (1,748)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,703)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,663)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,613)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,501)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (960)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (924)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (774)