जीवन विकास सामुदायिक अस्पतालमा ब्लड बैंक सञ्चालनमा, बिरामीलाई रगतको अभाव नहुने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा रहेकाे जीवन विकास सामुदायिक अस्पतालमा ब्लड बैंक स्थापना भएकाे छ । बिरामीहरूलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा अस्पतालमा ब्लड बैंक स्थापना गरिएको हो ।

अस्पतालको भुईँ तल्लामा स्थापित ब्लड बैंकको सोमबार जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनका अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर ५ का निवर्तमान सांसद योगेन्द्र मण्डल र नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुकदेवप्रसाद मण्डलले संयुक्त रूपमा उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै निवर्तमान सांसद योगेन्द्र मण्डलले ब्लड बैंकको स्थापनासँगै अब रगतको अभावमा बिरामीले सास्ती खेप्नु नपर्ने बताए । अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रगत आवश्यक पर्दा अस्पतालमै रगत पाउने उनले बताए । ब्लड बैंकले उपचार सेवालाई अझ प्रभावकारी र सहज बनाउने बताउँदै उनले ब्लड बैंकको सेवा प्रवाहमा अस्पतालले सहजीकरण गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुकदेवप्रसाद मण्डलले विपन्न समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको अस्पतालमा ब्लड बैंक थपिँदा सेवाग्राहीलाई ठूलो राहत मिल्ने बताए । “सामाजिक सेवाको भावना बोकेर रेडक्रसले काम गरिरहेको छ,उनले भने, ‘सामुदायिक अस्पतालमा ब्लड बैंक स्थापना हुँदा सेवाग्राहीलाई सहज हुनेछ ।’

उनका अनुसार अस्पतालमै ब्लड बैंक स्थापना गर्ने जीवन विकास सामुदायिक अस्पताल मोरङको पाँचौं अस्पताल हो ।

ब्लड बैंक स्थापनाको अवसरमा अस्पताल परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त अवसरमा १२ जना दाताहरूले रक्तदान गरेको अस्पताल प्रशासनले जनाएको छ । मुनाफा नगर्ने जीवन विकास सामुदायिक अस्पतालले सुलभदरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, ३० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.