शून्यबाट सफल उद्यमी : सडकबाट सुरु भएको व्यवसाय तीन क्षेत्रमा (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ‘सफलता रातारात मिल्दैन, यसका लागि निरन्तरको संघर्ष चाहिन्छ।’ यो भनाइलाई चरितार्थ गरेका छन् मोरङको कटहरी गाउँपालिका–३ का नुर आलम र उनकी श्रीमती खुश्बु खातुनले ।

कुनै समय जीविका चलाउनका लागि अनेकौं संघर्ष गरेका यो जोडीले कटहरी चोकमा तीनवटा सफल व्यवसाय सञ्चालन गरिरहेका छन् ।

नुर आलमको यात्रा सहज थिएन । सुरुमा मदरसामा पढाउने उनले अतिरिक्त आम्दानीका लागि कुखुरा फार्म खोले, तर रोगले सताएपछि त्यो व्यवसाय बन्द गर्नुपर्‍यो । परिवार पाल्न कठिन भएपछि उनी सन् २०१२ मा विदेशिए । तर, त्यहाँ पनि मन अडिएन र एक महिनामै घर फर्किए ।

पटकपटकको असफलताले पनि नुर आलमलाई हरेस खुवाएन । विक्रम सम्वत २०६७ सालमा उनले एउटा सानो खाटलाई पसलको रूप दिएर सडकको छेउमा जाडोका कपडाहरू पन्जा, मोजा र टोपी बेच्न सुरु गरे । त्यही सानो लगानी र अदम्य साहसले आज उनको जीवनको बाटो नै बदलिदिएको छ ।

हिजोआज उनी कटहरी चोकमा तीनवटा व्यवसाय सञ्चालन गर्छन् । जसमा ‘मदिना फेन्सी स्टोर’ नामक कपडा पसल, ‘युनिक क्याफे एण्ड बिरयानी हाउस’ र श्रीमती खुश्बुले सञ्चालन गर्ने ब्युटी पार्लर तथा कस्मेटिक पसल छन् ।

खुश्बुका अनुसार, करिब एक लाखको लगानीबाट सुरु भएको उनीहरूको व्यवसाय अहिले ४५ लाख रुपैयाँ हाराहारीको भएको छ । उनीहरूले आफ्नो व्यवसायमार्फत स्थानीय ५ जनालाई रोजगारीसमेत दिएका छन् ।

यो दम्पतीको उद्यम यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ठूलो सहयोग गरेको छ। ‘१० वर्षदेखि यो जीवन विकासमा आबद्ध छु,’ उनी भन्छिन्,‘सुरुमा २० हजार ऋण लिएर व्यवसाय बढाएँ र बिस्तारै ऋण थप्दै आज यहाँसम्म आइपुगेकी हुँ ।’

नुर आलम भन्छन्,‘हामी जस्ता व्यापारीका लागि जीवन विकासको सहयोग निकै महत्त्वपूर्ण छ ।’

विदेश मोह त्यागेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका नुर र खुश्बुको जोडीले व्यवसायबाटै कमाएको पैसाले जग्गा जोडेका छन् । आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, २० कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.