चेक बाउन्समा सर्वाेच्चकाे नयाँ व्याख्या : ‘बिगाे र ब्याज भराउनू’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) मुद्दामा चेकमा लेखिएको रकम (बिगो) र सो को ब्याज पीडितलाई भराउनुपर्ने फैसला गरेकाे छ । न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्टी गर्दै बिगाे र ब्याज भराउने फैसला गरेकाे हाे ।

सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) को व्याख्या गर्दै भनेको छ‘चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानीजानी चेक काट्नु र त्यो अनादर हुनु आफैँमा कसुर हो । यस्तो अवस्थामा धारक (चेक पाउने व्यक्ति) ले ड्रयर (चेक काट्ने व्यक्ति) बाट चेकमा उल्लेखित रकम र ब्याज भराई लिन पाउने कुरा कानुनले सुनिश्चित गरेको छ ।’

सर्वोच्च अदालतले निवेदक काठमाडौ‌ महानगरपालिका–३२ बस्ने शकुन्तला खड्कालाई प्रतिवादी संगीता थापाको नाममा रहेको जेथा देखाई ९ लाख रुपैयाँ र सोको वार्षिक १० प्रतिशतका दरले हुने ब्याजसमेत शकुन्तला खड्कालाई भराई दिनु भनी आदेश जारी गरेको छ । अदालतले थप व्याख्या गर्दै भनेको छ– ‘प्रतिवादीले ‘मैले जर्बजस्ती चेक काट्न लगाइएको हो’ वा ‘यो तमसुकको आधारमा होइन’ भनी जिकिर गरे तापनि सर्वोच्चले चेकमा भएको हस्ताक्षर र मितिलाई मुख्य प्रमाण मानेको छ। चेक काट्नु भनेको दायित्व स्वीकार गर्नु हो भन्ने सिद्धान्तलाई यसले पुनः पुष्टि गरेको छ ।’

चेक अनादर मुद्दामा बैंकिङ कसुर तथा सजाय ऐन आकर्षित गरिन्छ, तर यो मुद्दा विनिमय अधिकार पत्र ऐन अन्तर्गत चलेको थियो । यस ऐनको दफा १०७ (क) ले चेकको रकम भराउने र जरिवाना गर्ने दुवै सुविधा दिएको छ । सर्वोच्चको यो फैसलाले पीडितलाई ‘बिगो’ (चेकको रकम) प्राप्त गर्ने बाटो सरल बनाइदिएको हाे ।

प्रकाशित मिति: बिहिबार, २१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.