अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएकाे छ । इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुन: खोल्ने उद्देश्यसहितको शान्ति सम्झाैता गर्ने सहमति भएकाे हाे । सम्झौतामा जुन १९ तारिखमा स्विट्जरल्यान्डमा
हस्ताक्षर गर्ने तयारी छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान शान्ति प्रक्रियामा सहमत भएको जानकारी दिएका हुन् ।

शरीफको भनाइ सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानसँग शान्ति सम्झौता टुंगोमा पुगेको जानकारी दिएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि अमेरिकासँग भएको सम्झौताको पुष्टि गरेको छ । लेबनानसहित सबै मोर्चामा तत्काल युद्धविराम र इरानी बन्दरगाहहरूमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अब अन्त्य हुने जनाएको छ ।

वक्तव्यमा भनिएको छ,‘भएका सहमतिका आधारमा लेबनानसहित सबै मोर्चामा जारी युद्ध र सैन्य कारबाही आज रातिदेखि तत्काल तथा स्थायी रूपमा अन्त्य हुनेछ । साथै, इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी पनि तत्काल र पूर्ण रूपमा हटाइनेछ ।’

पाकिस्तानी प्रधानमन्त्री शरीफले एक्स अकाउन्टमा लेखेका छन्,‘गहन तथा निरन्तर वार्तापछि हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्न पाउँदा खुसी छौं । दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेका छन् । यस सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आगामी जुन १९ शुक्रबार स्विट्जरल्यान्डमा आयोजना हुनेछ ।’

प्रकाशित मिति: सोमबार, ०१ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.