इरान–इजरायल तनाव फेरि चर्कियो, मध्य इरानमा हवाई आक्रमण

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । इजरायल र इरानबीच फेरि युद्ध चर्किएकाे छ । केही दिनदेखि राेकिएकाे आक्रमण आइतबारबाट पुन सुरु भएकाे हाे ।

इजरायली सेनाले पश्चिमी र मध्य इरानका सैन्य अड्डालाई लक्षित गरी कारबाही गरिएको दाबी गरेको छ । इरानले आइतबार इजरायलतर्फ मिसाइल प्रहार गरेपछि इरानमा आक्रमण गरिएको इजरायलको भनाइ छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरान, तबरीज र इस्फहानसहितका सहरमा लगातार विस्फोटका आवाज सुनिएका छन् । कराज सहर नजिक पनि विस्फोट भएको छ । घटनापछि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अर्को आदेश नभएसम्मका लागि रोकिएका छन् ।

यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले पछिल्ला घटनालाई ‘निरन्तर आक्रमणको सुरुवात’ भन्दै कडा चेतावनी दिएको छ । इजरायलले आक्रमण दोहोर्‍याए त्यसको जवाफ अझ ठूलो स्तरमा दिने र यसमा क्षेत्रका अमेरिकी तथा इजरायली अड्डाहरू पनि लक्ष्य बन्न सक्ने चेतावनी इरानले दिएको हो ।

इरानले अमेरिका र इजरायलले युद्धविराम सम्झौता पालना नगरेको आरोपसमेत लगाएको छ । अप्रिलको सुरुवातमा लागू भएको भनिएको युद्धविराम बारम्बार उल्लंघन भइरहेको दुवै पक्षको आरोप प्रत्यारोपबीच तनाव थप बढेको छ ।

यसैबीच, लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणपछि इरानमा सरकार समर्थक प्रदर्शनहरू पनि भएका छन् । प्रदर्शनकारीहरूले इरान र हिज्बुल्लाहको झण्डा बोकेर सडकमा प्रदर्शन गरेका छन् । क्षेत्रीय तनाव निरन्तर बढ्दै जाँदा इरान–इजरायल सम्बन्ध थप जटिल बन्दै गएको छ ।

प्रकाशित मिति: सोमबार, २५ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.