काठमाडाैं । इजरायल र इरानबीच फेरि युद्ध चर्किएकाे छ । केही दिनदेखि राेकिएकाे आक्रमण आइतबारबाट पुन सुरु भएकाे हाे ।
इजरायली सेनाले पश्चिमी र मध्य इरानका सैन्य अड्डालाई लक्षित गरी कारबाही गरिएको दाबी गरेको छ । इरानले आइतबार इजरायलतर्फ मिसाइल प्रहार गरेपछि इरानमा आक्रमण गरिएको इजरायलको भनाइ छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरान, तबरीज र इस्फहानसहितका सहरमा लगातार विस्फोटका आवाज सुनिएका छन् । कराज सहर नजिक पनि विस्फोट भएको छ । घटनापछि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अर्को आदेश नभएसम्मका लागि रोकिएका छन् ।
यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले पछिल्ला घटनालाई ‘निरन्तर आक्रमणको सुरुवात’ भन्दै कडा चेतावनी दिएको छ । इजरायलले आक्रमण दोहोर्याए त्यसको जवाफ अझ ठूलो स्तरमा दिने र यसमा क्षेत्रका अमेरिकी तथा इजरायली अड्डाहरू पनि लक्ष्य बन्न सक्ने चेतावनी इरानले दिएको हो ।
इरानले अमेरिका र इजरायलले युद्धविराम सम्झौता पालना नगरेको आरोपसमेत लगाएको छ । अप्रिलको सुरुवातमा लागू भएको भनिएको युद्धविराम बारम्बार उल्लंघन भइरहेको दुवै पक्षको आरोप प्रत्यारोपबीच तनाव थप बढेको छ ।
यसैबीच, लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणपछि इरानमा सरकार समर्थक प्रदर्शनहरू पनि भएका छन् । प्रदर्शनकारीहरूले इरान र हिज्बुल्लाहको झण्डा बोकेर सडकमा प्रदर्शन गरेका छन् । क्षेत्रीय तनाव निरन्तर बढ्दै जाँदा इरान–इजरायल सम्बन्ध थप जटिल बन्दै गएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,922)
जीवन विकासले बोलायो साधारणसभा (1,889)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,857)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,816)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,743)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,640)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,095)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,079)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (840)