भारततर्फ आउँदै गरेको तेल ट्यांकरमाथि आक्रमण

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा भारततर्फ आउँदै गरेको एक तेल ट्यांकरमाथि आक्रमण भएको छ ।

थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा अज्ञात प्रोजेक्टाइल प्रहार भएपछि आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त जहाज संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित खलिफा पोर्टबाट भारतको गुजराततर्फ इन्धन बोकेर आउँदै गरेको थियो ।

आक्रमणपछि जहाजमा ठूलो आगलागी भएको र केही समयका लागि जहाजको सञ्चालन अवरुद्ध भएको बताइएको छ । घटनाप्रति भारत सरकारले चिन्ता व्यक्त गर्दै समुद्री सुरक्षाबारे गम्भीर चासो देखाएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हो । करिब ३३ किलोमिटर चौडाइ भएको यो समुद्री मार्गमा जहाज चल्न मिल्ने भाग करिब ११ किलोमिटर मात्र भएकाले यहाँको सुरक्षा संवेदनशील मानिन्छ । भारतसहित धेरै देशहरूले साउदी अरब, इराक, कुवेत र यूएईबाट कच्चा तेल तथा ग्यास यही मार्ग हुँदै आयात गर्ने गर्छन् ।

मध्यपूर्वमा अमेरिका र इजरायलसँगको तनावपछि इरानले तेल आपूर्तिको मार्ग बन्द गर्न सक्ने चेतावनी दिएसँगै यस क्षेत्रमा आक्रमणको जोखिम बढेको छ । पछिल्लो समय ठूला सिपिङ कम्पनीहरूले होर्मुज मार्ग प्रयोग गर्न हिच्किचाउन थालेका छन् । जसका कारण विश्व बजारमा तेल आपूर्तिमा असर परेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघिसकेको छ । इन्धन आपूर्ति अस्थिर बन्दै जाँदा भारतलगायत धेरै देशमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत देखिएको छ ।

प्रकाशित मिति: बिहिबार, २८ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.