ट्रम्प र मादुराेबीच तनाव, सीमा क्षेत्रबाट अमेरिकाले कब्जा गर्याे ट्याङ्कर

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भेनेजुएलाको सीमा क्षेत्रबाट अमेरिकाले तेल ट्यांकर कब्जा गरेको छ । याे खुलासा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने, “हामीले भर्खरै भेनेजुएलाको तटमा एउटा ठूलो ट्यांकर कब्जा गरेका छौं । वास्तवमा अहिलेसम्म कब्जा गरिएकामध्ये सबैभन्दा ठूलो ।”

महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक संजाल  एक्समा एक भिडियो पोस्ट गरिन्, जसमा अमेरिकी सेना ट्यांकरमा चढेको जस्तो देखिन्थ्यो ।

यो घोषणाले ट्रम्प प्रशासन र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासनबीचको पछिल्लो तनावलाई संकेत गर्ने बताइएको छ । भेनेजुएलाले भने अमेरिकाले अन्तर्राष्ट्रिय समुद्री डकैती गरेको आरोप लगाएको छ ।

केही दिनअघि अमेरिकी समाचार संस्था पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले मादुरोको दिनगन्ति सुरु भएको  भनेका थिए । पछिल्लाे समय मादुराे र ट्रम्पबीच सार्वजनिक रुपमा विवाद चलिरहेकाे छ ।

प्रकाशित मिति: बिहिबार, २६ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.