ट्रम्प र मादुराेबीच तनाव, सीमा क्षेत्रबाट अमेरिकाले कब्जा गर्याे ट्याङ्कर

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भेनेजुएलाको सीमा क्षेत्रबाट अमेरिकाले तेल ट्यांकर कब्जा गरेको छ । याे खुलासा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने, “हामीले भर्खरै भेनेजुएलाको तटमा एउटा ठूलो ट्यांकर कब्जा गरेका छौं । वास्तवमा अहिलेसम्म कब्जा गरिएकामध्ये सबैभन्दा ठूलो ।”

महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक संजाल  एक्समा एक भिडियो पोस्ट गरिन्, जसमा अमेरिकी सेना ट्यांकरमा चढेको जस्तो देखिन्थ्यो ।

यो घोषणाले ट्रम्प प्रशासन र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासनबीचको पछिल्लो तनावलाई संकेत गर्ने बताइएको छ । भेनेजुएलाले भने अमेरिकाले अन्तर्राष्ट्रिय समुद्री डकैती गरेको आरोप लगाएको छ ।

केही दिनअघि अमेरिकी समाचार संस्था पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले मादुरोको दिनगन्ति सुरु भएको  भनेका थिए । पछिल्लाे समय मादुराे र ट्रम्पबीच सार्वजनिक रुपमा विवाद चलिरहेकाे छ ।

प्रकाशित मिति: बिहिबार, २६ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.