आज ‘भ्यालेन्टाइन डे’

Satya Sanchar सत्य सञ्चार

काठमाडौ‍ं । विश्व प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ आज मनाइदैछ । प्रत्येक वर्ष फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाउने चलन छ ।

आज भ्यालेन्टाइन सप्ताहको अन्तिम अर्थात सबैभन्दा महत्त्वपूर्ण दिन पनि हो । भ्यालेन्टाइन डे प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदानका साथमा माया साटासाट गर्छन् ।

प्रेमका पक्षधर भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । तेस्रो शताब्दीमा रोममा क्लोडियस नामक एक शासक थिए ।
उनले आफ्नो राज्यमा कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न नपाउने उद्घोष गरिदिए । तर, भ्यालेन्टाइनलाई क्लोडियसको कुरा मन परेन । उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाह समेत गराइदिए।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट आक्रोशित भएका क्लोडियसले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे। फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेख्दै भनेका थिए, ‘फ्रम योर भ्यालेन्टाइन।’

यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई मरेपछि आफ्ना आँखा तपाईंकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू भनेका थिए । यही दिनलाई भ्यालेन्टाइनको सम्झनामा प्रणय दिवस मनाउन सुरु गरेका पाइन्छ ।

पछिल्लो समय ‘भ्यालेन्टाइन डे’लाई सप्ताहव्यापी रूपमा मनाउने चलन छ । फेब्रुअरी ७ लाई ‘रोज डे’, फेब्रुअरी ८ लाई ‘प्रपोज डे’, ९ लाई ‘चकलेट डे’, १० लाई ‘टेडी डे’, ११ लाई ‘प्रमिस डे’, १२ लाई ‘चुम्बन डे’, १३ लाई ‘हग डे’ र १४ लाई ‘भ्यालेन्टाइन डे’ को रूपमा मनाउने चलन छ ।

प्रकाशित मिति: शुक्रबार, ०२ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.