काठमाडौं । विश्व प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ आज मनाइदैछ । प्रत्येक वर्ष फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाउने चलन छ ।
आज भ्यालेन्टाइन सप्ताहको अन्तिम अर्थात सबैभन्दा महत्त्वपूर्ण दिन पनि हो । भ्यालेन्टाइन डे प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदानका साथमा माया साटासाट गर्छन् ।
प्रेमका पक्षधर भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । तेस्रो शताब्दीमा रोममा क्लोडियस नामक एक शासक थिए ।
उनले आफ्नो राज्यमा कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न नपाउने उद्घोष गरिदिए । तर, भ्यालेन्टाइनलाई क्लोडियसको कुरा मन परेन । उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाह समेत गराइदिए।
भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट आक्रोशित भएका क्लोडियसले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे। फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेख्दै भनेका थिए, ‘फ्रम योर भ्यालेन्टाइन।’
यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई मरेपछि आफ्ना आँखा तपाईंकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू भनेका थिए । यही दिनलाई भ्यालेन्टाइनको सम्झनामा प्रणय दिवस मनाउन सुरु गरेका पाइन्छ ।
पछिल्लो समय ‘भ्यालेन्टाइन डे’लाई सप्ताहव्यापी रूपमा मनाउने चलन छ । फेब्रुअरी ७ लाई ‘रोज डे’, फेब्रुअरी ८ लाई ‘प्रपोज डे’, ९ लाई ‘चकलेट डे’, १० लाई ‘टेडी डे’, ११ लाई ‘प्रमिस डे’, १२ लाई ‘चुम्बन डे’, १३ लाई ‘हग डे’ र १४ लाई ‘भ्यालेन्टाइन डे’ को रूपमा मनाउने चलन छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)