हमासले बन्धक नछाडे युद्ध सुरु हुने इजरायलको चेतावनी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।हमासले बन्दी रिहाई रोक्ने घोषणा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनः युद्ध सुरु गर्ने चेतावनी दिएका छन् ।

इजरायलले युद्धविराम सम्झौताको बेलमा पनि आक्रमण गरेको भन्दै हमासले बन्दी रिहाई रोक्ने घोषणा गरेको थियो । इजरायली प्रधानमन्त्री नेतान्याहुले शनिबार बन्दी रिहाई नगरे पुनः युद्ध सुरु गर्ने चेतावनी दिएका हुन् ।

‘यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने, हामी गाजामा युद्धविराम समाप्त गर्नेछौँ र फेरि लडाइँ सुरु गर्नेछौँ।’ नेतान्याहुले भने ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासलाई बन्दीको रिहाइ नरोक्न चेतावनी दिएका थिए ।

नेतान्याहुले शनिबारसम्ममा बाँकी रहेका सबै बन्धकहरूको रिहाइका लागि आग्रह गरेका छन् ।

हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरिरहेको कारणले बन्धकहरूको रिहाइ रोकिएको बताएको थियो ।

हमास र इजरायलबिचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो । हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । इजरायलले ५६६ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।

प्रकाशित मिति: बुधबार, ३० माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.