काठमाडौं ।हमासले बन्दी रिहाई रोक्ने घोषणा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनः युद्ध सुरु गर्ने चेतावनी दिएका छन् ।
इजरायलले युद्धविराम सम्झौताको बेलमा पनि आक्रमण गरेको भन्दै हमासले बन्दी रिहाई रोक्ने घोषणा गरेको थियो । इजरायली प्रधानमन्त्री नेतान्याहुले शनिबार बन्दी रिहाई नगरे पुनः युद्ध सुरु गर्ने चेतावनी दिएका हुन् ।
‘यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने, हामी गाजामा युद्धविराम समाप्त गर्नेछौँ र फेरि लडाइँ सुरु गर्नेछौँ।’ नेतान्याहुले भने ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासलाई बन्दीको रिहाइ नरोक्न चेतावनी दिएका थिए ।
नेतान्याहुले शनिबारसम्ममा बाँकी रहेका सबै बन्धकहरूको रिहाइका लागि आग्रह गरेका छन् ।
हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरिरहेको कारणले बन्धकहरूको रिहाइ रोकिएको बताएको थियो ।
हमास र इजरायलबिचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो । हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । इजरायलले ५६६ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)