उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना हुँदा जापानका नागरिकको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।

प्याराग्लाइडिङ अवतरणका क्रममा दुर्घटनामा हुँदा ७२ वर्षीय जापानीज नागरिक काजी ताकासीको मृत्यु भएको हो ।

बेलका नगरपालिका–८ बोक्ताङ डाँडामा भएको प्याराग्लाइडिङ गरेर उडेका उनी मैदानमा ‘ल्याण्ड’ गर्ने क्रममा घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा उनको बुधबार साँझ मृत्यु भएको थियो ।

उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, २५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.