विराटनगर । उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।
प्याराग्लाइडिङ अवतरणका क्रममा दुर्घटनामा हुँदा ७२ वर्षीय जापानीज नागरिक काजी ताकासीको मृत्यु भएको हो ।
बेलका नगरपालिका–८ बोक्ताङ डाँडामा भएको प्याराग्लाइडिङ गरेर उडेका उनी मैदानमा ‘ल्याण्ड’ गर्ने क्रममा घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा उनको बुधबार साँझ मृत्यु भएको थियो ।
उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)