बङ्गुर पालनमा धनलाल (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको जहदा गाउँपालिका– ७ का सिर्सियाका धनलाल मड्डीको पुर्ख्यौली पेशा खेती हो ।

पछिल्लो चार वर्षयता उनले कृषिसँगै बङ्गुर पालन पनि गरिरहेका छन् । बङ्गुर पालन सुरु गरेपछि उनको दैनिकी फेरिएको छ । व्यस्तता पनि बढेको छ ।‘खेती गर्दा सिजनमा मात्रै काम हुन्थ्यो, अरु बेला फुर्सद ,’ उनी भन्छन्,‘ बङ्गुर पाल्न थालेपछी काम टुटेको छैन । ’

व्यवसायीक सीप सिकेपछि उनले २०७७ सालबाट बङ्गुर पालन सुरु गरेका हुन् । फार्ममा उन्नत जातका बङ्गुर राखेका छन् ।

चार वर्षअघि उनले फर्म बनाएर चार वटा बङ्गुर राखेका थिए । अहिले ८ वटा उन्नत जातका बङ्गुरका माउ छन् । बिक्री गर्ने तयारी अवस्था र हुर्कंदै गरेका पाठापाठी पनि छन् । बङ्गुर पालन विस्तारका लागि उनले फर्म संरचना विस्तार गरिरहेका छन् । विस्तार गरेको  संरचनामा ५० वटा बङ्गुर  अट्छन् ।बङ्गुर पालन र फार्म विस्तारका लागि उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ ।

बङ्गुर बिक्रीका लागि उनलाई बजारको समस्या छैन । विराटनगर, इटहरी र कटहरीको नयाँ बजारका व्यापारी गाडी लिएर उनको घरसम्म पुग्छन् ।

‘व्यवसायमा बजारको समस्या छैन, व्यापारी घरमै गाडी लिएर आउँछन्,’ उनी भन्छन्,‘ फर्मबाटै लैजान्छन्, भाउ पनि राम्रै छ ।’

बङ्गुर फर्मसँगै दुई वटा पोखरीमा माछा पालन पनि गरिरहेका छन् । खेतीसँगै बङ्गुर र माछाबाट राम्रो आम्दानी भइरहेको उनले बताए ।

धनलालले फार्मको आम्दानीले घरखर्च  र तीन छोराछोरीको  पढाइ खर्च धानिरहेका छन् । उनका दुई छोरा विदेशमा बसेर पढिरहेका छन् । ‘घरको खर्च र छोराछोरीको पढाई खर्च फर्मको आम्दानीले व्यहोरिन्छ,’ उनले भने,‘ जेठो छोरा  मलेसियामा  होटल म्यानेजमेन्ट र कान्छा छोरा भारतमा आइटी पढ्दैछन्,  छोरी स्कुल पढ्दैछिन् ।’

चार वर्षअघि सुरु भएको फर्मलाई विस्तार गर्दै १०० वटा माउ बङ्गुर पाल्ने धनलालको योजना छ । बजारमा बङ्गुरको मासुको माग धेरै भएकाले विस्तार गर्ने योजना रहेको उनले बताए । बङ्गुरसँग माछा पालनलाई पनि व्यवस्थित बनाएर बढाउँदै लैजाने उनले बताए ।

प्रकाशित मिति: सोमबार, १५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.