महाराष्ट्रमा विजेपी गठबन्धनलाई सुविधाजनक बहुमत

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतको महाराष्ट्रमा भारतीय जनता पार्टीसहितको गठबन्धनले सहज बहुमत पाएको छ । पछिल्लो पाँच वर्षमा महाराष्ट्रमा तीन पटक सरकार फेरिएको थियो ।

भाजपा नेतृत्वको महायुति गठबन्धनमा एकनाथ शिन्दे नेतृत्वको शिव सेना र अजित पवारको (एनसीपी) थियाे । याे गठबन्धनले सहज बहुमतका साथ सत्ता सुरक्षित गरेको हाे ।

महाराष्ट्र गठबन्धन महायुतिले २३५ सिट जितेको छ । विपक्षी गठबन्धन (महाविकास अघाडी) ले ४९ र अन्य ४ उम्मेदवारले चुनाव जितेका छन् ।

भाजपा एक्लैले १३३ सिट जितेको छ । एकनाथ शिन्दे नेतृत्वको शिव सेनाले ५७ र अजित पवार नेतृत्वको एनसीपीले ४१ सिट जितेको छ । महाराष्ट्रमा भाजपा सबैभन्दा ठूलो दल बनेका छ ।

लोकसभा निर्वाचनमा भाजपा महाराष्ट्रमा कमजोर बनेको थियो । ४८ सिटको लोकसभामा भाजपा नेतृत्वको एनडिएले जम्मा १७ सिट मात्रै जितेको थियो । तर विधानसभा निर्वाचनमा भाजपाले नेतृत्वको गठबन्धनले उद्धव ठाकरे नेतृत्वको शिव सेना, कांग्रेस र शरद पवारको (एनसीपी)लाई पराजित गरेको हो ।

प्रकाशित मिति: आइतबार, ०९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.