काठमाडौं । भारतको महाराष्ट्रमा भारतीय जनता पार्टीसहितको गठबन्धनले सहज बहुमत पाएको छ । पछिल्लो पाँच वर्षमा महाराष्ट्रमा तीन पटक सरकार फेरिएको थियो ।
भाजपा नेतृत्वको महायुति गठबन्धनमा एकनाथ शिन्दे नेतृत्वको शिव सेना र अजित पवारको (एनसीपी) थियाे । याे गठबन्धनले सहज बहुमतका साथ सत्ता सुरक्षित गरेको हाे ।
महाराष्ट्र गठबन्धन महायुतिले २३५ सिट जितेको छ । विपक्षी गठबन्धन (महाविकास अघाडी) ले ४९ र अन्य ४ उम्मेदवारले चुनाव जितेका छन् ।
भाजपा एक्लैले १३३ सिट जितेको छ । एकनाथ शिन्दे नेतृत्वको शिव सेनाले ५७ र अजित पवार नेतृत्वको एनसीपीले ४१ सिट जितेको छ । महाराष्ट्रमा भाजपा सबैभन्दा ठूलो दल बनेका छ ।
लोकसभा निर्वाचनमा भाजपा महाराष्ट्रमा कमजोर बनेको थियो । ४८ सिटको लोकसभामा भाजपा नेतृत्वको एनडिएले जम्मा १७ सिट मात्रै जितेको थियो । तर विधानसभा निर्वाचनमा भाजपाले नेतृत्वको गठबन्धनले उद्धव ठाकरे नेतृत्वको शिव सेना, कांग्रेस र शरद पवारको (एनसीपी)लाई पराजित गरेको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)