मजदुरबाट रोजगारदाता बनिन सीता (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको बेलबारी नगरपालिका– १ की ५६ वर्षीय सीता बराइलीको जीवनको पाँच दशक दुःखैदुःखमा बित्यो ।

दुई छाक जुटाउनका लागि मुस्किल भएपछि उनी परिवारसहित पहाड घर भोजपुरबाट भारतको मेघालयसम्म पुगिन् । मेघालयमा उनले सामान्य होटल चलाइन, उनका श्रीमानले कोइला काट्ने काम गरे ।

जीवनमा अनेक कष्ट सहेकी सीता चार–पाँच वर्षयता सन्तोषले बसेकी छन् । उनको परिवार पनि खुसी छ ।

परिवारको खुसीको यात्रामा सीतालाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरेको छ । सीताका छोरा साजन र सुनिल बेलबारी बजारमा न्यु बराइली ज्वेलर्स तथा कारखाना सञ्चालन गर्छन् ।

साजन सुनका कालिगढ हुन् । उनले काठमाडौँमा काम सिकेका थिए । कोरोना महामारीका बेला घर फर्किएका उनले केही समय अरुकै पसलमा काम गरे ।
आफ्नो पसल सञ्चालन गर्ने रहर भएपनि लगानी गर्ने पैसा थिएन । व्यवसाय सञ्चालन गर्न सीतालाई जीवन विकासले सुरुमा तीन लाख रुपैयाँ ऋण सहयोग गर्यो । पुँजी जुटेपछि साजनले सुनको सामग्री बनाउने कारखाना खोले । भाइलाई पनि कारखानाको काम सिकाए ।

कारखानासँगै अहिले ज्वेलर्स पनि सञ्चालन गर्छन् । सुन पसल र कारखानामा सात जनालाई रोजगारी दिएका छन् । आफू पनि स्वरोजगार भएका छन् । कारखानामा गहना बनाउनका लागि धरान इटहरी दमकलगायत पूर्वको बजारबाट अर्डर आउने साजनले बताए ।

सानो लगानीबाट सुरु भएको व्यवसायलाई साजन र सुनिलले विस्तार गरिरहेका छन् । ‘पहिलेदेखि नै संघर्ष गरिरहेका छौ, जीवन विकासमा जोडिएपछि सहज भयो,’ साजनले भने,‘व्यवसाय सुरु गरेपछि अहिले ६–७ जना काम गर्छाैँ ।’

प्रकाशित मिति: सोमबार, ०५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.