एजेन्सी । मध्य–उत्तरी इजरायलको सेनाको क्याम्पमा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । यो आक्रमण युद्ध सुरु भएको गत अक्टोबर यताकै ठूलो भएको सीएनएनले जनाएको छ ।
हिजबुल्लाहको ड्रोन आक्रमणमा चार इजरायली सैनिक मारिएका छन् । ६० जना घाइते भएका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार हिजबुल्लाहले प्रक्षेपण गरिएको मानवरहित ड्रोन लेबनानी सीमाबाट करिब ४० माईल टाढा रहेको तेल अवीवको उत्तरमा रहेको बिन्यामिना नजिकै रहेको सेनाको बेसमा ठोक्किएको थियो ।
लेबनानमा आधारित लडाकु समूहले लेबनानमा बिहीबार इजरायली हमलाको जवाफमा आक्रमण भएको बताएको छ । हिजबुल्लाहले दक्षिणी लेबनानमा तैनाथ इजरायल डिफेन्स फोर्सको इन्फन्ट्री युनिट गोलानी ब्रिगेडलाई निशाना बनाएको बताएको छ ।
हिजबुल्लाहले ड्रोन आक्रमण गर्दा कुनै खतराको संकेत बजेको थिएन । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले हेजबुल्लाहद्वारा प्रक्षेपण गरिएको ड्रोन आइतवार इजरायलमा अलर्ट बिना नै कसरी प्रवेश गर्यो भन्ने कुराको खोजी गर्ने बताए । हमला भएको बिन्यामिना नजिकैको सैनिक शिविरबाट एक भिडियो सन्देशमा हागारीले भने, ‘हामी घटनाबाट सिक्ने र अनुसन्धान गर्नेछौं, कसरी एक यूएभी बेसमा अलर्ट बिना प्रवेश गर्यो।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,439)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,368)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,155)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)