हिजबुल्लाहको ड्रोन आक्रमणमा ४ इजरायली सैनिककाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

एजेन्सी । मध्य–उत्तरी इजरायलको सेनाको क्याम्पमा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । यो आक्रमण युद्ध सुरु भएको गत अक्टोबर यताकै ठूलो भएको सीएनएनले जनाएको छ ।

हिजबुल्लाहको ड्रोन आक्रमणमा चार इजरायली सैनिक मारिएका छन् । ६० जना घाइते भएका छन् ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार हिजबुल्लाहले प्रक्षेपण गरिएको मानवरहित ड्रोन लेबनानी सीमाबाट करिब ४० माईल टाढा रहेको तेल अवीवको उत्तरमा रहेको बिन्यामिना नजिकै रहेको सेनाको बेसमा ठोक्किएको थियो ।

लेबनानमा आधारित लडाकु समूहले लेबनानमा बिहीबार इजरायली हमलाको जवाफमा आक्रमण भएको बताएको छ । हिजबुल्लाहले दक्षिणी लेबनानमा तैनाथ इजरायल डिफेन्स फोर्सको इन्फन्ट्री युनिट गोलानी ब्रिगेडलाई निशाना बनाएको बताएको छ ।

हिजबुल्लाहले ड्रोन आक्रमण गर्दा कुनै खतराको संकेत बजेको थिएन । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले हेजबुल्लाहद्वारा प्रक्षेपण गरिएको ड्रोन आइतवार इजरायलमा अलर्ट बिना नै कसरी प्रवेश गर्यो भन्ने कुराको खोजी गर्ने बताए । हमला भएको बिन्यामिना नजिकैको सैनिक शिविरबाट एक भिडियो सन्देशमा हागारीले भने, ‘हामी घटनाबाट सिक्ने र अनुसन्धान गर्नेछौं, कसरी एक यूएभी बेसमा अलर्ट बिना प्रवेश गर्यो।’

प्रकाशित मिति: सोमबार, २८ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.