खाेजीका लागि जंगलमा स्थानीय र प्रहरी विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र दिदीबहिनी मृत फेला परेको घटना रहस्यमय बन्दै गएको छ । घरबाट छाेरीलाई लिएर गएकी आमा बेपत्ता भएका कारण घटना थप रहस्यमय भएकाे हाे ।
शुक्रबार राति श्रीमानसँग झगडापछि दुई छोरी लिएर हिडेकी महिला अझै बेपत्ता छिन् । दुई छोरीको शव भने विष खुवाएर मारेको अवस्थामा केराबारीमा भेटिएको थियो । आमाको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले बताएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ बस्दै आएका धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्कीका नाबालिका छोरीहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार स्थानीय नारायण न्यौपानेको केराघारीभित्र मृत फेला परेका थिए । श्रीमान अर्जुनसँगको झगडापछि उनीहरुलाई शुक्रबार राति आमा अस्मिताले लिएर गएकी थिइन् ।
पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । सोही स्थानमा उनीहरुले नयाँ घर पनि बनाउँदै थिए ।
शुक्रबार निर्माणाधीन घरमा पानी नहालेको विषयमा दुई जनाबीच विवाद भएको थियो । त्यसपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता शुक्रबार साँझदेखि हिँडेकी थिइन् । नाबालिकाहरु भोलिपल्ट मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार अर्जुन इटहरी–भोजपुर चल्ने ट्याक्सी चलाउँछन् । अर्जुनले भोजपुरबाट आउँदा माछा पनि लिएर आएका थिए ।
‘पत्नीसँग विवाद भएपछि माथि चढेर म माछा पकाउन थालें । पकाएर खान बोलाउँदा उनी (अस्मिता) थिइनन् । छोरीहरु पनि लिएर गइछन्,’ उनको भनाइ उद्रित गर्दै प्रहरीले भन्यो, ‘त्यसपछि फोन गर्दा उठेन । रातभर खोजी गरियो । तर, पत्ता लगाउन सकिएन ।’
प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । अस्मिताको म्यासेज पठाएको भनिएको मोबाइल नाबालिकाको शवनजिकै फेला परेको थियो ।
कल डिटेल्स रेकर्ड परीक्षणका लागि पठाइएको र रिपोर्ट आइसकेपछि प्रष्ट हुने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी उनले दिए । एसपी कार्कीका अनुसार घटना भएयता घटनास्थल आसपास र जंगलमा नियमित रूपमा खोजतलास भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)