बिसे नगर्चीको इतिहास प्रकाशन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । स्वर्गीय पृथ्वीनारायण शाहको सल्लाहकारको भूमिकामा रहेका बिसे नगर्चीका बारेमा लेखिएकाे पुस्तक प्रकाशन भएको छ । लेखक दीपेन्द्रराज तिम्सिनाले नगर्चीको बारेमा खोज, अनुसन्धान गरि ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशन गरेका हुन् ।

बिसे नगर्ची सन्तानलाई तत्कालिन सरकारले दिएको सनदपत्र, लालमोहरलगायत सामग्रीको अध्ययन गरी पुस्तक प्रकाशन गरेको लेखक तिम्सिनाले बताए । विभिन्न समयमाका दस्तावेजमा बिसेले नुवाकोटमा २ पटक आक्रमण गर्दा हार खायर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सही समयमा सहि सल्लाह दिएर युद्ध जितेको इतिहास छ ।

सामान्य अवस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अष्त्र झै बनेको बताइन्छ । नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर त्यसबेला राज्य कोषमा पैसा थिएन । त्यसबेला दरबारमा नगरा बजाउने बिसे नगर्चीले उनलाई सल्लाह दिएका थिए । त्यसबेला हतियार किन्न १२ हजार चाहिएको थियो । तत्कालिन समयमा पृथ्वीनारायण साहलाई उनले गोरखामा बस्नेसबै घरधुरीबाट सहयोग संकलन गर्न सल्लाह दिएका थिए ।

राज्य एकिकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, भन्ने विषयमा अध्ययन गरेको उनले तिस्मिनाले बताए । बिसेको जन्म विसं १७४६ र मृत्यु विसं १८२८ मा उल्लेख छ ।

बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका थिए । बिसे नगर्ची तिम्सिनाको लेखेको यो १२ औंं पुस्तक हो ।

प्रकाशित मिति: आइतबार, ०९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.