बिसे नगर्चीको इतिहास प्रकाशन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । स्वर्गीय पृथ्वीनारायण शाहको सल्लाहकारको भूमिकामा रहेका बिसे नगर्चीका बारेमा लेखिएकाे पुस्तक प्रकाशन भएको छ । लेखक दीपेन्द्रराज तिम्सिनाले नगर्चीको बारेमा खोज, अनुसन्धान गरि ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशन गरेका हुन् ।

बिसे नगर्ची सन्तानलाई तत्कालिन सरकारले दिएको सनदपत्र, लालमोहरलगायत सामग्रीको अध्ययन गरी पुस्तक प्रकाशन गरेको लेखक तिम्सिनाले बताए । विभिन्न समयमाका दस्तावेजमा बिसेले नुवाकोटमा २ पटक आक्रमण गर्दा हार खायर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सही समयमा सहि सल्लाह दिएर युद्ध जितेको इतिहास छ ।

सामान्य अवस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अष्त्र झै बनेको बताइन्छ । नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर त्यसबेला राज्य कोषमा पैसा थिएन । त्यसबेला दरबारमा नगरा बजाउने बिसे नगर्चीले उनलाई सल्लाह दिएका थिए । त्यसबेला हतियार किन्न १२ हजार चाहिएको थियो । तत्कालिन समयमा पृथ्वीनारायण साहलाई उनले गोरखामा बस्नेसबै घरधुरीबाट सहयोग संकलन गर्न सल्लाह दिएका थिए ।

राज्य एकिकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, भन्ने विषयमा अध्ययन गरेको उनले तिस्मिनाले बताए । बिसेको जन्म विसं १७४६ र मृत्यु विसं १८२८ मा उल्लेख छ ।

बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका थिए । बिसे नगर्ची तिम्सिनाको लेखेको यो १२ औंं पुस्तक हो ।

प्रकाशित मिति: आइतबार, ०९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.