विराट र नाेबेलसहित दश मेडिकल कलेजमा स्वास्थ्य बीमा लागू

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डले कोशी प्रदेशका तीन वटा मेडिकल कलेजसहित १० वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ ।
बोर्डले आजदेखि लागू हुने गरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति दिएको हो ।

बोर्डका अध्यक्ष डा‍ गुणराज लोहनीले काठमाडौं उपत्यकाका चार र बाहिरका ६ वटा मेडिकल कलेजमा स्वास्थ्य बीमा लागू भएको छ ।

उनका अनुसार नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल विर्तामोडमा स्वास्थ्य बीमा लागू भएको छ ।

चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रूपन्देही र नेपालगञ्ज मेडिकल कलेज बाँकेमा पनि लागू भएको छ ।

काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल, सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्कोमा पनि बीमा लागु भएको छ ।

विर्ताज्योति आइकेयर प्रालि, झापा र दृष्टि आई अस्पताल, पोखरामा पनि स्वास्थ्य बीमा लागू भएको छ । बोर्डले हालसम्म ४७२ वटा सेवा प्रदाय स्वास्थ्य संस्थासँग बीमा कार्यक्रम सम्झौता गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.