तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा ब्याट्री व्यवसाय गर्दै आएका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक जना हार्डवेयर व्यापारीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ स्वागत चोक घर भई महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका ३६ वर्षीय अफ्रोज आलम छन् । हत्यापछि शव व्यवस्थापनमा आलमलाई सघाएको आरोपमा १३ वर्षीय भारतीय बालक र १६ वर्षीय नेपाली किशोर पनि पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले मंगलबार राति पक्राउ गरेकाे हाे ।

विराटनगर–६ धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका गुप्ता गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजेदेखि बेपत्ता थिए । त्यसको दुई दिनपछि सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो । शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएकाे प्रहरी टाेलीले प्राविधिक र स्थलगत अनुसन्धानका आधारमा मंगलबार साँझ उनीहरूलाई पक्राउ गरि बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हाे ।

यसरी भएकाे थियाे हत्या

प्रहरीका अनुसार विराटनगर–६ स्थित ‘माता इलेक्ट्रिक वर्क्स’बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएकाे थियाे । त्यसपछि गुप्ताले आलमले चोरी गरेकाे हल्ला फैलाइदिएका थिए । सोही विषयलाई लिएर उनीहरूबीच विवाद बढेको थियो ।

चोरीको आरोप लगाएपछि आलमले गुप्तालाई छलफलका लागि भन्दै कात्तिक ६ गते दिउँसो आफ्नै घरमा बोलाएका थिए । घर पुगेपछि आरोपको विषयमा विवाद हुँदा आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरे । गम्भीर घाइते भएपछि फेरि आक्रमण गरे । गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्का नभएकाे आराेप लगाएकाे भन्दै घरमै बाेलाएर हत्या गरेकाे प्रारम्भिक अनुसन्धानका क्रममा खुलेकाे बताउँछन् । ‘नभएकाे आराेप लगाए भनेर घरमै बाेलाएर हत्या गरेकाे देखिन्छ, उनले चाेरी गरेकाे हाे हाेइन भन्ने खुलिसकेकाे छैन,’ उनले भने,’ हत्यापछि मदर्सामा पढ्ने दुई बालकलाई शव व्यवस्थापन गर्न प्रयाेग गरेकाे देखिन्छ ।’ उनका अनुसार हत्या आराेपी आलमकाे घर मदर्सा नजिकै छ, नजिकै रहेकाे मदर्साका बालकलाई के प्रलाेभान देखाएर शव व्यवस्थापनमा प्रयाेग गरे भन्ने खुलिनसकेकाे बताउँछन् ।

गुप्ताको मृत्युपछि घटना लुकाउन आलमले दुई स्कुले बालकको सहयोग लिएर शव कार्पेटमा पोको पारेका थिए । त्यसपछि कसैले शंका नगरून् भनेर शवलाई सिटी सफारी मार्फत केशलिया खोलाकाे सुनसरीतर्फ किनारमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग गरिएको एक थान जीआई पाइप, मृतक गुप्ताले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव ओसार्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ ।

प्रकाशित मिति: बुधबार, १२ कार्तिक, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.