विराटनगर । तेजपात स्वाद र बास्नाका लागि प्रयोग गरिन्छ । चिया र तरकारीमा स्वादको लागि मसलाको रुपमा प्रयोग गर्ने चलन पुरानै हो । तेजपात स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक मानिन्छ ।
तेजपातमा पोषक तत्व र खनिज हुन्छ । तेजपातमा भिटामिन ए, भिटामिन सी, आइरन, पोटासियम, क्याल्सियम र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ । यसमा इन्जाइमहरू पनि हुन्छन्,जसले प्रोटिनलाई तोड्न र पाचन सुधार गर्न मद्दत गर्छ ।
कसरी गर्ने उपयोग ?
तेजपातलाई स्वादको लागि मात्र नभई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसलाई ज्वरो, रुघाखोकी, अपच, कब्जियत जस्ता समस्यामा औषधिको रुपमा प्रयोग गरिन्छ । छालासम्बन्धी रोग र कपालका लागि पनि यो उपयोगी हुन्छ । घरमा झिंगा र साङ्ला हटाउन पनि प्रयोग हुन्छ ।
तेजपात मधुमेहमा पनि प्रभावकारी देखिएको छ । सन् २०१६ मा जर्नल अफ बायोकेमिकल न्यूट्रिसनमा प्रकाशित शोधमा टाइप २ मधुमेहबाट पीडित व्यक्तिले तेजपात खानु उपयोगी हुने उल्लेख गरिएको छ । यसले शरीरमा खराब कोलेस्टेरोल र अनावश्यक तरल पदार्थलाई घटाएर गुड कोलेस्टेरोल सुधार गर्न मद्दत गर्छ ।
यसमा हुने भिटामिन सीले दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ र दाँत दुखाइबाट पनि राहत दिन्छ । तेजपातमा भिटामिन ए र सीका साथै फोलिक एसिड पनि हुन्छ । यसले पेटसम्बन्धी समस्या मुक्त गर्न मद्दत गर्छ । कब्जियत र एसिडिटीको समस्यामा तेजपातले औषधिकै काम गर्छ ।
रगत पातलो गर्ने औषधि खाइरहेका व्यक्तिले तेजपात प्रयोग गर्न मिल्दैन । तेजपातको अत्याधिक प्रयोगले शरीर सुन्निने समस्या हुन्छ ।
तेजपातलाई बिहान र बेलुका खान उपयुक्त हुन्छ । मधुमेह, मोटोपन, कोलेस्टेरोलको लागि तेजपात बिहान खाली पेटमा चिया बनाएर वा पाउडर बनाएर प्रयोग गर्न सकिन्छ ।
खानासँगै पकाउँदा तेजपातको औषधीय गुण नष्ट हुन्छ । त्यसैले यसलाई खानेकुरा आधा पाकिसकेपछि वा पाक्न लागेपछि माथिबाट हाल्दा राम्रो हुन्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,357)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)