अक्सिजन कम हुँदा शरीरले देखाउने पाँच संकेत

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मानिसको शरीरमा अक्सिजनको लेबल ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या वा अन्य दीर्घकालीन रोग भएको मानिसमा अक्सिजन स्याच्युरेसन ८८ प्रतिशत भन्दा बढी हुनुपर्छ । अक्सिजन लेबल ७५ प्रतिशत भन्दा कम भए समस्यया देखिन्छ । दम र छातीमा निमोनियाको कारण अक्सिजन कम हुनसक्छ । यी रोगले फोक्सो बिगार्छ, जसकारण अक्सिजनको कमी हुन्छ ।

उच्च उचाइमा जाँदा गुम्म परेको कोठामा आगो बालेर बस्दा पनि शरीरमा अक्सिजनको कमी हुन्छ । रगतमा हेमोग्लोबिनको कमी हुँदा पनि अक्सिजनको कमी हुनसक्छ । अक्सिजन कम भएको यसरी थाहा पाउन सकिन्छ :

सास फेर्न गाह्रो हुनु

अक्सिजनको कमी भएमा सास फेर्न गाह्रो हुन्छ । शरीरमा रगतको प्रवाह सुस्त हुन्छ । यसले शरीरमा चिटचिट पसिना आउने, चिडचिडा हुने गर्छ । यस्तो अवस्थामा शरीरमा अक्सिजनको कमी भएको थाहा पाउन सकिन्छ ।

छाती दुख्नु

अक्सिजनको कमीको संकेत छाती दुख्नु पनि हो । फोक्सोमा अक्सिजनको मात्रा कम हुँदा छाती दुख्ने समस्या हुन्छ । मस्तिष्कमा अक्सिजनको मात्रा कम र कार्बनडाइअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्छ ।

मुटुको धड्कन बढ्नु

मुटुको धड्कन पनि अक्सिजन कमी हुँदा बढ्न सक्छ । शरीरमा अक्सिजन कमी हुँदा मुटुमा पनि स्वतः अक्सिजन कमी हुन्छ । यसले रक्तसञ्चारमा समस्या हुन्छ । विना कारण हातखुट्टा निलो भएको छ भने शरीरमा अक्सिजनको कमी भएको हुनसक्छ । शरीरमा अक्सिजनको मात्रा कम हुनु भनेको कार्बनडाइअक्साइको मात्रा बढ्नु हो ।

हाइ आउनु

बारम्बार हाइ आउनुपनि शरीरमा अक्सिजनको कमी भएको संकेत हो । किनभने मष्तिस्कमा अक्सिजनको कमी हुँदा हाइ आउँछ । हाइले अक्सिजनको आपूर्ति गराएर शरीरमा ऊर्जा बढाउन मद्दत गर्छ ।

निद्रा

राती मज्जाले सुते पनि दिउँसो निद्रा लाग्छ भने शरीरमा अक्सिनजको कमीले हुन सक्छ । मस्तिष्कमा अक्सिजनको मात्रा कम हुँदा पूरा निद्रा सुते पनि निद्रा लाग्ने वा झुम्म भइराख्ने, कमजोरी महसुस हुने हुन्छ । टाउको दुख्ने, दृष्टिमा समस्या, रिंगटा लाग्ने, हातखुट्टा सुन्निने र बेहोस भएर ढल्ने समस्या पनि अक्सिजन कमी हुँदा हुन्छ । लामो समय शरीरमा अक्सिजनको मात्रा कमी भए व्यक्तिको मृत्युको जोखिम हुन्छ ।

प्रकाशित मिति: सोमबार, १० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.