विराटनगर । सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा पुगेको साविक विजेता अर्जेन्टिनाका खेलाडी राजनीतिक सन्देश जारी गरेपछि विवादमा तानिएको छ ।
खेलपछि केही अर्जेन्टिनी खेलाडीले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
अर्जेन्टिनाका खेलाडीको यो कार्यपछि फिफाको अनुशासनात्मक कारबाहीको जोखिम बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाको एटलान्टामा बिहीबार विहान भएको सेमिफाइनलमा जितपछि डिफेन्डर लिसान्ड्रो मार्टिनेज र मिडफिल्डर जियोभानी लो सेल्सोसहितका खेलाडीले उक्त ब्यानर बोकेर समर्थकलाई अभिवादन गरेका थिए। ब्यानर मैदानमा कसरी पुग्यो भन्ने विषय भने खुल्न सकेको छैन।
फिफाको स्टेडियम आचारसंहिताले रंगशालाभित्र राजनीतिक, विभेदकारी वा आपत्तिजनक सन्देश भएका ब्यानर, झण्डा वा अन्य सामग्री प्रदर्शन गर्न निषेध गरेको छ। घटनाबारे फिफाले हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।
दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापुलाई बेलायतले आफ्नो विदेशी भूभागका रूपमा प्रशासन सञ्चालन गर्दै आएको छ। अर्जेन्टिनाले भने यसलाई ‘इस्लास माल्भिनास’ नामले चिनाउँदै आफ्नो सार्वभौम भूमि भएको दाबी गर्दै आएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,262)
जीवन विकासले बोलायो साधारणसभा (2,238)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,189)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,162)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,068)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,984)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,452)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,440)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,009)