राजनीतिक सन्देश दिएपछि विवादमा अर्जेन्टिनाका खेलाडी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा पुगेको साविक विजेता अर्जेन्टिनाका खेलाडी राजनीतिक सन्देश जारी गरेपछि विवादमा तानिएको छ ।

खेलपछि केही अर्जेन्टिनी खेलाडीले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

अर्जेन्टिनाका खेलाडीको यो कार्यपछि फिफाको अनुशासनात्मक कारबाहीको जोखिम बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाको एटलान्टामा बिहीबार विहान भएको सेमिफाइनलमा जितपछि डिफेन्डर लिसान्ड्रो मार्टिनेज र मिडफिल्डर जियोभानी लो सेल्सोसहितका खेलाडीले उक्त ब्यानर बोकेर समर्थकलाई अभिवादन गरेका थिए। ब्यानर मैदानमा कसरी पुग्यो भन्ने विषय भने खुल्न सकेको छैन।

फिफाको स्टेडियम आचारसंहिताले रंगशालाभित्र राजनीतिक, विभेदकारी वा आपत्तिजनक सन्देश भएका ब्यानर, झण्डा वा अन्य सामग्री प्रदर्शन गर्न निषेध गरेको छ। घटनाबारे फिफाले हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापुलाई बेलायतले आफ्नो विदेशी भूभागका रूपमा प्रशासन सञ्चालन गर्दै आएको छ। अर्जेन्टिनाले भने यसलाई ‘इस्लास माल्भिनास’ नामले चिनाउँदै आफ्नो सार्वभौम भूमि भएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति: बिहिबार, ३२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.