काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इङ्गल्यान्ड विरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । यो जितसँगै कप्तान लियोनेल मेस्सी जारी प्रतियोगिताको गोल्डेन बुट दौडमा शीर्ष स्थानमा उक्लिएका छन् ।
इङ्गल्यान्डविरुद्ध मेस्सीले व्यक्तिगत गोल गर्न नसके पनि टोलीका लागि दुई वटा निर्णायक गोलको असिस्ट गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इङ्गल्यान्डको चुनौती पन्छाउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।ृ
यसअघि गोल्डेन बुटको दौडमा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पे र लियोनेल मेस्सी ८–८ गोलका साथ बराबरीमा थिए । तर, फिफाको नियम अनुसार समान गोल भएको अवस्थामा बढी असिस्ट गर्ने खेलाडीलाई प्राथमिकता दिइन्छ ।
यही नियमका कारण ४ असिस्ट पुर्याएका मेस्सी पहिलो स्थानमा उक्लिएका हुन् । ३ असिस्ट गरेका एम्बाप्पे दोस्रो स्थानमा खुम्चिएका छन् ।
३९ वर्षीय मेस्सीका लागि यो विश्वकप करियरकै एक महत्वपूर्ण मोड साबित भएको छ । उनले समूह चरणमा अल्जेरिया विरुद्ध ऐतिहासिक ह्याट्रिक प्रहार गरेका थिए, जुन उनको विश्वकप करियरकै पहिलो ह्याट्रिक हो । जोर्डन विरुद्धको अर्को खेलमा उनले लामो दूरीबाट प्रहार गरेको फ्रिकिक गोललाई यस प्रतियोगिताकै उत्कृष्ट मध्येको एक मानिएको छ ।
आइतबार हुने फाइनल खेलमा मेस्सीको अगाडि गोल्डेन बुटसँगै आफ्नो टोलीलाई लगातार दोस्रो पटक विश्वकपको उपाधि जिताउने अवसर छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,262)
जीवन विकासले बोलायो साधारणसभा (2,238)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,189)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,162)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,068)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,984)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,452)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,440)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,009)