गोल्डेन बुटको एक्लो दाबेदार मेस्सी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इङ्गल्यान्ड विरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । यो जितसँगै कप्तान लियोनेल मेस्सी जारी प्रतियोगिताको गोल्डेन बुट दौडमा शीर्ष स्थानमा उक्लिएका छन् ।

इङ्गल्यान्डविरुद्ध मेस्सीले व्यक्तिगत गोल गर्न नसके पनि टोलीका लागि दुई वटा निर्णायक गोलको असिस्ट गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इङ्गल्यान्डको चुनौती पन्छाउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।ृ

यसअघि गोल्डेन बुटको दौडमा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पे र लियोनेल मेस्सी ८–८ गोलका साथ बराबरीमा थिए । तर, फिफाको नियम अनुसार समान गोल भएको अवस्थामा बढी असिस्ट गर्ने खेलाडीलाई प्राथमिकता दिइन्छ ।

यही नियमका कारण ४ असिस्ट पुर्‍याएका मेस्सी पहिलो स्थानमा उक्लिएका हुन् । ३ असिस्ट गरेका एम्बाप्पे दोस्रो स्थानमा खुम्चिएका छन् ।

३९ वर्षीय मेस्सीका लागि यो विश्वकप करियरकै एक महत्वपूर्ण मोड साबित भएको छ । उनले समूह चरणमा अल्जेरिया विरुद्ध ऐतिहासिक ह्याट्रिक प्रहार गरेका थिए, जुन उनको विश्वकप करियरकै पहिलो ह्याट्रिक हो । जोर्डन विरुद्धको अर्को खेलमा उनले लामो दूरीबाट प्रहार गरेको फ्रिकिक गोललाई यस प्रतियोगिताकै उत्कृष्ट मध्येको एक मानिएको छ ।

आइतबार हुने फाइनल खेलमा मेस्सीको अगाडि गोल्डेन बुटसँगै आफ्नो टोलीलाई लगातार दोस्रो पटक विश्वकपको उपाधि जिताउने  अवसर छ ।

प्रकाशित मिति: बिहिबार, ३२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.