काठमाडौं । विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार बिहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल समिकरण पूरा भएकाे हाे ।
आइतबार इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाए । यही दुई टोली फाइनल प्रवेशका लागि भिड्नेछन् ।
इंग्ल्यान्डले एक गोलले पछि परेकाे अवस्था उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको थियाे ।
साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
त्यसअघि दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २-१ ले हराउदै सन् २०१० पछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।
सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।
पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुनेछ । याे खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।
इंग्ल्यान्ड र अर्जेन्टिना बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा पौने १ बजे सुरु हुनेछ । साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,262)
जीवन विकासले बोलायो साधारणसभा (2,238)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,191)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,162)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,068)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,984)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,452)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,440)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,009)