सन् २०३० मा विश्वकपको शतवार्षिकी, ६ देशमा प्रतियाेगिता

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । फिफा विश्वकप २०३० फरक ढाँचामा आयोजना हुने भएको छ । प्रतियोगिता पहिलो पटक तीन महादेशका छ देशमा सञ्चालन गरिने भएकाे हाे ।

मुख्य खेलहरू स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछन् । विश्वकपको शतवार्षिकीको अवसरमा उद्घाटन चरणका विशेष खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछन् ।

फिफाको प्रस्तावित तालिकाअनुसार जुन ८ र ९ मा दक्षिण अमेरिकाका तीन देशमा शतवार्षिकी खेल हुनेछ । त्यसपछि जुन १३ र १४ मा मोरक्को, पोर्चुगल र स्पेनमा मुख्य उद्घाटन समारोह तथा बाँकी प्रतियोगिता सुरु हुनेछ । पूर्ण खेल तालिका सार्वजनिक नभए पनि फाइनल जुलाई २१ मा हुने अपेक्षा गरिएको छ ।

सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको सम्मानस्वरूप उरुग्वेले एक खेल आयोजना गर्नेछ । त्यतिबेला उपविजेता बनेको अर्जेन्टिनाले पनि एक खेल खेलाउन पाउनेछ भने दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल)को मुख्यालय रहेको पाराग्वेमा पनि एक खेल हुनेछ । त्यसपछि सम्पूर्ण प्रतियोगिता तीन मुख्य आयोजक राष्ट्रमा केन्द्रित हुनेछन् ।

आयोजक भएकै आधारमा स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वे विश्वकपमा स्वतः छनोट भइसकेका छन् । बाँकी ४२ टोली विभिन्न महादेशीय छनोट प्रतियोगितामार्फत तय हुनेछन् ।

२०२६ को संस्करणदेखि विश्वकपमा ४८ टोली सहभागी हुने व्यवस्था छ । तर, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आगामी प्रतियाेगितामा ६४ टोलीसम्म विस्तार गर्ने प्रस्तावमाथि अध्ययन र छलफल गरिने बताएका छन् ।

विश्वकपको इतिहास सन् १९३० बाट सुरु भएको हो । उरुग्वेमा भएको पहिलो संस्करणमा १३ टोली सहभागी थिए । आयोजक उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई ४–२ ले पराजित गर्दै पहिलो विश्व च्याम्पियन बनेको थियो ।

२०३० को विश्वकपले प्रतियोगिताको शतवार्षिकी मनाउने भएकाले यसलाई विशेष रूपमा तीन महादेश र छ देशमा आयोजना गर्न लागिएको हो । यसपछि सन् २०३४ को फिफा विश्वकप भने साउदी अरेबियामा आयोजना हुनेछ । फिफाले यसअघि नै साउदी अरेबियालाई आयोजक राष्ट्रका रूपमा स्वीकार गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, ०४ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.