तीन हजार लगानीबाट व्यापारको सुरुवात, आम्दानी हुन्छ मासिक २ लाख

Satya Sanchar सत्य सञ्चार

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङ फूलको व्यापार गर्छिन् । विसं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर उनले फूलको व्यापार सुरु गरेकी थिइन् ।

फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार,पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । उनी मासिक दुई लाखसम्म आम्दानी गर्छिन् ।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख बचत हुने उनले बताइन् ।

‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ’, गुरुङले भनिन् ।

अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् । ‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ,’ उनले भनिन्,‘फूल तथा बिरुवा उत्पादन र बिक्री बढाँउछौं ।’

प्रकाशित मिति: सोमबार, ०४ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.