तीन हजार लगानीबाट व्यापारको सुरुवात, आम्दानी हुन्छ मासिक २ लाख

Satya Sanchar सत्य सञ्चार

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङ फूलको व्यापार गर्छिन् । विसं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर उनले फूलको व्यापार सुरु गरेकी थिइन् ।

फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार,पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । उनी मासिक दुई लाखसम्म आम्दानी गर्छिन् ।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख बचत हुने उनले बताइन् ।

‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ’, गुरुङले भनिन् ।

अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् । ‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ,’ उनले भनिन्,‘फूल तथा बिरुवा उत्पादन र बिक्री बढाँउछौं ।’

प्रकाशित मिति: सोमबार, ०४ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.