गीता साहको संघर्ष : हिजो हाटबजारमा व्यापार, आज उद्यम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका – ६ सरोचियाकी गीता साह सफल उद्यमीको रूपमा समुदायमा परिचित छिन् । उनको नामबाट सञ्चालित ‘गीता होजियारी उद्योग’ले परिवारलाई स्वरोजगार बनाएकाे छ, स्थानीय स्तरमा रोजगारीको अवसर पनि सृजना गरेको छ । गीताको यो सफलताको पछाडि उनको संघर्ष र लगनशीलताको लामो कथा लुकेको छ ।

करिब १५ वर्षअघि गीताको यात्रा विराटनगरका साप्ताहिक हाटबजारमा साना कपडा व्यापारीको रूपमा सुरु भएको थियो । त्यस बेला परिवारको आर्थिक अवस्था कमजोर थियो । हाटबजारमा कपडा व्यापार गर्न उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले वित्तीय सहयोग गरेको थियो ।

हाटबजारमा कपडाको माग राम्राे देखेपछि चार वर्षअघि उनका दुई छाेराले घरमा‘गीता होजियारी उद्योग’ स्थापना गरे । उद्याेग सुरु भएपछि गीता हटिया हटिया गएर कपडा बेच्न छोडि छाेराहरुसँगै उद्योगको काम गर्छिन् । उनका जेठा छोरा प्रकाशले करिब तीन वर्ष अरुको गार्मेन्ट उद्योगमा काम गरेको थिए । तीन वर्षकाे सीपले उनलाई व्यवसाय सञ्चालन गर्न सहज भएकाे छ । प्रकाशले उद्योगको कामसँगै विराटनगर बजारमा कपडाको होलसेल पसल पनि खोलेका छन्, जहाँ उद्योगमा उत्पादित कपडा लगायत अन्य सामग्री पनि बिक्री गर्छन ।

घरको कोठामा खोलेको उद्योगको क्षमता विस्तार गर्न घरको छतमा संरचना बनाएर मेसिनहरू थप गरेका छन् । उद्याेगमा परिवारका सदस्य स्वरोजगार भएका छन्, अन्य पाँच जनालाई रोजगारी पनि दिएका छन् । स्थानीय मानिसहरूलाई रोजगारी दिन पाउँदा गीताको परिवार हर्सित छ।
उद्योग स्थापना र सञ्चालनका लागि उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले निरन्तर सहयोग गरिरहेको छ ।

उनको उद्योगमा उत्पादित कपडाहरू अहिले विराटनगरसँगै इटहरीका बजारमा समेत बिक्री हुन्छन् । स्थानीय स्तरमा उत्पादित सामग्रीको माग बढ्दो छ । आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने उनीहरुको योजना छ ।

प्रकाशित मिति: सोमबार, २६ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.