नर्सरी व्यवसायमा झापाका धरणी (भिडियो)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गौरीगञ्ज गाउँपालिका– २ झापाका धरणी राजवंशी १५ वर्षअघिसम्म तरकारी खेती गर्थे । उनले उत्पादन गरेको तरकारी बिक्रीका लागि दमक बजारसम्म ल्याउँथे ।

एकदिन दमक बजारमा उनले भारतीय नम्बर प्लेटको ट्रकबाट बिरुवा उतार्दै गरेको दृश्य देखे । तरकारी खेती गर्ने धरणीलाई भारतीय नम्बर प्लेटको ट्रकमा बिरुवा देखेपछि लाग्यो,‘ सामान्य बिरुवा पनि भारतबाटै आउँदो रहेछ ।’

त्यसपछि भारतबाट हुने आयात थोरै भएपनि रोक्नका लागि उनले नर्सरी व्यवव्यवसायसाय गर्ने निधो गरे । तर हातमा सीप थिएन । खर्च जुटाएर उनी भारतको कोलकातासम्म पुगे । कोलकातामा तीन महिना तालिम लिएर फर्किएपछि तरकारी खेती छाडेर नर्सरी सुरु गरे ।

१५ वर्षअघि गाउँमा एक कट्ठा जग्गाबाट सुरु गरेको नर्सरी लाई उनले विस्तार गरेका छन् । अहिले उनको नर्सरी १० कट्ठामा छ,चाँडै दुई बिघा क्षेत्रमा विस्तार गर्दैछन् । उनी आफै बिरुवा उत्पादन गरेर बजार पठाउँछन् । बजारको माग धान्न धरणीलाई मुस्किल छ ।

धरणीलाई नर्सरी सुरु गर्दा जीवन विकास लघुवित्त वित्तीय संस्थाले १० हजार ऋण सहयोग गरेको थियो । उनकी श्रीमती जीवन विकासको सदस्य हुन् । उनको नर्सरी विस्तार र बजारीकरणमा पनि जीवन विकासले निरन्तर सहयोग गरिरहेको छ ।

‘जीवन विकासले सुरुमा १० हजार ऋण दिएको थियो,अहिले सात लाखसम्म दिएको छ, त्यसले हामीलाई अघि बढ्न धेरै मद्दत पुगेको छ,’ उनी भन्छन्,‘यदि जीवन विकास थिएन भने यहाँसम्म आइपुग्न धेरै गाह्रो हुन्थ्यो ।’

सुरुमा एक्लै नर्सरीको काम गर्ने धरणीले अहिले मार्केटिङका लागि एक जनालाई रोजगारी दिएका छन् । नर्सरीमा घरका पाँच जना सदस्यले काम गर्छन् ।

बिरुवा उत्पादनको सिजनमा दैनिक थप ५–६ जनालाई रोजगारी दिन्छन् । १० हजार लगानीबाट सुरु भएको नर्सरी व्यवसायलाई उनले ५० लाख बराबरको बनाएका छन् । धरणीले आफ्नो व्यवसायलाई अझै विस्तार गर्ने योजनामा छन् ।

प्रकाशित मिति: सोमबार, ०७ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.