बढ्दाे निसन्तानपन, राज्यकाे चासाे भने कम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । निसन्तानपन र प्रजनन अधिकारबारे ओरेक नेपालले विराटनगरमा अन्तरक्रिया गरेको छ । नेपालमा बढ्दो क्रममा रहेको निसन्तानपन र प्रजनन अधिकारका विषयमा शुक्रबार ओरेकले अन्तरक्रिया गरेको हो ।

ओरेक नेपाल र सेन्टर फर रिप्रोडक्टिभ राइटसले आयोजना गरेको कार्यक्रममा ओरेक नेपालकी कार्यक्रम संयोजक सरस्वती दनवारले निसन्तानपनको कारण सरोगेसी (कोख भाडामा लिएर सन्तान जन्माउने) बढ्दो रहेको बताइन् । तर राज्यले कानुन नबनाउँदा समस्या भएको उनको भनाई छ । राज्यले सरोगेसी सम्बन्धी कानुन नबनाउँदा कोख भाडामा दिनेहरू विभिन्न समस्यामा पर्ने गरेको अध्ययनका क्रममा देखिएको उनले बताइन् ।

निसन्तानपनको कारण महिला घरेलु हिंसा पनि हुने गरेको ओरेक नेपालकी अनुसन्धान संयोजक सुमित्रा पौडेलले बताइन् । निसन्तानपनको विषयमा राज्यले चासो राख्नु पर्ने भएपनि अहिलेसम्म कुनै अध्ययन नभएको उनले बताइन् ।

निसन्तानपनको समस्या एउटा लिङ्गमा मात्रै नहुने भएपनि महिलाले धेरै उत्पीडन सहनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनको २०१२ को प्रतिवेदनको अनुसार, विश्वमा करिब १०–१५ प्रतिशत विवाहित दम्पतीहरू सन्तानबिहीन रहेको देखिएको थियो । त्यसयता अध्ययन भएको छैन ।

निसन्तानपनको उपचारका लागि नेपालमा सरकारले पनि चासो दिनुपर्ने उनको भनाई छ । अहिले सरकारी अस्पतालले निसन्तानपनको उपचारको सुविधा छैन । सरकारी सेवा नहुँदा सेवाग्राही निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य रहेको उनको भनाइ छ ।

नेपालमा सन् २०१६ को डिसेम्बर १२ मा सर्वोच्च अदालतले विवाहित नेपाली जोडीका लागि सरोगेसी सम्बन्धि वैधानिकता दिन सरकारका नाममा आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, ०७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.